२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्शनको अर्धशतकमा नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौं ।आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि जारी खेलमा नेपालले आयरल्यान्डलाई जितको लागि २ सय ६९ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९विकेट गुमाउँदै २ सय ६८ रन बनायो ।

नेपालको लागि गुल्शन झाले अर्धशतकीय ईनिङ खेले । गुल्शनले ४१ बलमा ४ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनी ५७ रनमा नटआउट रहे ।

यस्तै, ओपनर अर्जुन साउदले ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाए । कुशल मल्लले ५ चौका र २ छक्कासहित ४४ रन बनाउदा कप्तान रोहित पौडेल २९ रन बनाएर आउट भए । सन्दीप लामिछानेले ३२ रन जोड्दा भीम सार्कीले २० रन बनाए । यस्तै ओपनर कुशल भुर्तेल ८ रन बनाएर आउट भए भने ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।

आयरल्यान्डका ब्यारी म्याकार्थीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए । मार्क आदिर र क्रेग योंगले समान २ विकेट लिदा कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्डी म्याकबर्नीले समान एक विकेट लिए ।