२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा थापालाई मुख्यमन्त्री बनाउन देउवाद्वारा लिङ्देनसँग सहयोग माग



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीमा कांग्रेस नेतृत्वको सरकार बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सहयोग माग्नुभएको छ ।

सोमबार साँझ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरी सभापति देउवाले कोशी प्रदेशमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सहयोग माग्नुभएको हो ।

देउवाले लिङ्देनसँग मुख्यमन्त्रीका उम्मेदवार थापालाई सघाउन र विश्वासको मत लिने बेलामा पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। तर राप्रपाले भने अहिलेसम्म ठोस जवाफ दिएको छैन।

राप्रपा अध्यक्ष लिङ्देनले भेटमा सभापति देउवाले कोशी प्रदेश सरकार निमार्णका लागि आफूसँग सहयोग मागेको जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकार गठनका विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरू कुनै निष्कर्षमा पुगिनसेकको लिङ्देनले बताउनुभयो ।

कोशी प्रदेशमा राप्रपाका ६ जना प्रदेशसभा सदस्य रहेका छन् । यसअघि राप्रपा कोशीमा एमाले नेतृत्वको सरकारमा सामेल थियो। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारले गत १४ गते विश्वासको मत नपाएपछि अर्को सरकार बनाउने प्रक्रिया सुरू भएको हो।

स्पष्ट बहुमत दुबैतिरको गठबन्धनसँग नभएपछि सरकार बनाउन नेपाली कांग्रेसलाई सकस परेको छ । राप्रपाले सहयोग गर्‍यो भने थापाको नेतृत्वमा सजिलै प्रदेश सरकार बन्न सक्छ। यद्यपि राप्रपाले कुनै जवाफ दिएको छैन।

सोमबार काठमाडौँमा बसेको सत्ता गठबन्धन दलको बैठकले नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो।