२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियालाई दुई सय २१ रनले हराउदै इस्ट जोन कपको उपाधि नेपाललाई



अ+ अ-

काठमाडौं । फाइनल खेलमा मलेसियालाई हराउदै नेपालले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मलेसियालाई दुई सय २१ रनको फराकिलो अन्तरले हराउदै नेपालले उपाधि हात पारेको हो ।

नेपालले दिएको २५३ रनको बिशाल लक्ष्य पछ्याएको मलेसियाले १४.५ ओभरमा अलआउट हुदै ३१ रनमा स्तब्ध हुन पुग्यो । मलेसियाका मोहम्मद अक्रमले सबैभन्दा बढि १० रन बनाए । मलेसियाका बाँकि अन्य कुनैपनि ब्याटरले नेपाली बलरको सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको जितमा कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए भने सागर गैरेले ५ ओभरमा १३ रन खचेर १ विकेट लिए ।

यसअघि बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले २ छक्का र १० चौकाको मद्दतले ८९ बलमा अविजित ११२ रन बनाएका थिए भने नेपालका ओपनर निरज यादवले ४९ बलमा ६ चौकासहित ४७ रन बनाए।

नेपालका ओपनर सुर्यांशु कोइरालाले १८ रन बनाए का थिए भने सन्तोष यादवले २६ र अशोक धामीले ११ रनको योगदान गरेका दिएका थिए ।

मलेसियाका लागि मुहम्मद अक्रमले सवैभन्दा बढी ३ विकेट लिए।