२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामाथि नेपाली बलरको हाबि, ९ ओभरमा पाँच विकेट गुमायो



अ+ अ-

काठमाडौं । एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा अहिले नेपाल र मलेसिया भिड्दैछन् । नेपालले दिएको २५३ रनको बिशाल लक्ष्य पछ्याएको मलेसियाले ९ ओभरमा ५ विकेट गुमाएर २७ रन बनाएको छ ।

यसअघि बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले २ छक्का र १० चौकाको मद्दतले ८९ बलमा अविजित ११२ रन बनाएका थिए भने नेपालका ओपनर निरज यादवले ४९ बलमा ६ चौकासहित ४७ रन बनाए।

नेपालका ओपनर सुर्यांशु कोइरालाले १८ रन बनाए का थिए भने सन्तोष यादवले २६ र अशोक धामीले ११ रनको योगदान गरेका दिएका थिए ।

मलेसियाका लागि मुहम्मद अक्रमले सवैभन्दा बढी ३ विकेट लिए।