२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता थापाको उपचार खर्च बिएण्डसी मेडिकल कलेजले ब्यहोर्ने



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित  बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले ब्यहोर्ने जनाएको छ । उहाँ हाल मेडिसिटी अस्पतालमा उपचाररत् हुनुहुन्छ । स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उहाँलाई ग्रान्डि अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सधन उपचार कक्षामा भर्ना गरिएको छ । उहाँको उपचारका लागि सो पार्टीले आर्थिक सहयोग अभियान समेत शुरुआत गरेको बताइएको छ । 

मेडिकल कलेजले आफ्नो सामाजिक  उत्तरदायित्व अन्तर्गत वरिष्ठ सामाजिक अभियान्ता समेत रहनु भएका थापाको उपचार खर्चमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने आज विज्ञप्ति मार्फत जानकारी दिएको छ । कलेजका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार रकमको अभावमा नेपाली नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा कलेज सचेत एवम् यसका लागि  आफ्नो क्षमताले भ्याएसम्म मानवीय सेवा तथा सहयोग गर्न कलेज प्रतिबद्ध रहेको उल्लेख छ  ।

विज्ञप्तिमा गणतन्त्र स्थापनार्थ एवम् सामाजिक आन्दोलनमा थापाले पुर्याउनुभएको अथक योगदान उच्च छ । विज्ञप्तिमा कार्यकारी निर्देशक प्रसाईँले भन्नुभएको छ “गणतन्त्र स्थापनामा लाग्नु भएका असल सामाजिक अभियान्ता तथा तत्कालीन विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको सम्पूर्ण उपचार खर्च  बिएण्डसी मेडिकल कलेजले ब्यहोर्ने  छ । म उहाँको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु । रकमका अभावमा अकालमा कसैले मृत्युवरण हुन नदिन म आफ्नोे क्षमताले भ्याएसम्म सहयोग गर्छु । मेरा लागि मानव सेवा नै धर्म हो । ”

गणतन्त्र स्थापनामा सबै नेपालीको भूमिका ,साथ र सहयोग उत्तिकै रहेको उल्लेख गर्दै विज्ञप्तिमा समाजसेवी समेत रहनुभएका कार्यकारी निर्देशक प्रसाईँले गणतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहीदमा श्रद्धासुमन समेत अर्पण गर्नुभएको छ । उहाँले गणतन्त्रलाई थप सुदृढ बनाउँदै समृद्ध नेपालको यात्रामा लाग्न पनि राजनीतिक दललाई विज्ञप्ति मार्फत आह्वान  गर्नुभएको छ ।