१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनाउ नदीमा जलसतह खतराको तहमाथि



अ+ अ-

काठमाडौं । देशका विभिन्न क्षेत्रमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

उक्त स्थान भई बहने स-साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुवान हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रमा हुनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । महाशाखाका अनुसार तिनाउमा खतराको तहभन्दा ६.९०३ मिटरभन्दा माथि पानी पुगिसकेको छ ।

जल सतह बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूलाई बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।

पछिल्लो २४ घण्टामा कुमालगाउँमा १३० मिमिमिटर वर्षा भएको छ भने कोइलाबासमा १३५.८ मिमिमिटर, खाँचीकोटमा १५३.४ मिमिमिटर, बल्ढ्यांगीमा २३८.४ मिलिमिटर, देउराली नवलमा १४५.६ मिलिमिटर वर्षा भएको छ । साथै खुडी बजारमा १२९.८ मिलिमिटर, तानसेनमा १२५.२ मिलिमिटर र जितपुरमा १६१.४ मिलिमिटर वर्षा भएको छ ।