५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रतिष्ठानको शिक्षाध्यक्षमा डा धामी नियुक्त



अ+ अ-
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर) मा सह–प्राडा डबलबहादुर धामी नियुक्त हुनुभएको छ ।
यसअघिका शिक्षाध्यक्ष डा निरेश थापाले विसं २०८० वैशाख १ गते पदबाट राजीनामा दिएपछि रिक्त भएको उक्त पदमा डा धामीसहित प्राडा मुनिराज क्षेत्री र सह–प्राडा कुशल भट्टराईले आवेदन दिनुभएको थियो । दुई महिना १६ दिनसम्म खाली रहेको शिक्षाध्यक्ष पदमा उपकुलपति डा मङ्गल रावलको सिफारिसमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आइतबार डा धामीलाई सो पदमा नियुक्त गरिएको हो ।
फार्माकोलोजिष्ट सह–प्राडा धामी बझाङ् जिल्ला निवासी हुनुहुन्छ । उहाँले काठमाडौँ विश्वविद्यालयबाट एमडी इन क्लिनिकल फार्माकोलोजी एन्ड थेरापिउटिक्स अर्थात् औषधि विज्ञानमा स्नातकोत्तर गर्नुभएको छ ।रासस




भर्खरै