२९ मंसिर २०८२, सोमबार
,
Latest
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानका महानिर्देशक ई अधिकारीले बुझाएनन स्पष्टीकरणको जवाफ



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोध्नु भएको स्पष्टीकरणको जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीप अधिकारीले दिन अस्वीकार गर्नु भएको छ ।

तालुकदार मन्त्रालयकोतर्फबाट मन्त्री किराँतीले एक हप्ताकाको समय सिमा दिँदै यही असार ११ गते नौँ बुँदे स्पष्टीकरण सोध्नु भएको थियो । उता महानिर्देशक ई अधिकारीले सामाजिक संञ्जालमा लेख्नु भएको छ, ‘प्राधिकरण स्वयत्व संस्था हो, म मन्त्री परिषद्बाट नियुक्त भएको महानिर्देशक हुँ, मलाई मन्त्रीपरिषद्बाट नियुक्त गरेकोले मलाई स्पष्टिकरण सोध्ने अधिकार मन्त्री परिषद्लाई मात्रै रहेको छ ।’

यसैगरी उहाँले आफू प्राधिकरणको कर्मचारी भएकाले हवाई क्षेत्रको सुधार एवम् सुरक्षामा प्रतिबद्ध रहेको जनाउँदै आफूमाथि कारबाही भए भोग्न तयार रहेको बताउनु भएको छ ।

महानिर्देशक ई अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाटहटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोध्नु भएको थियो ।