• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo
Latest
★   सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब ★   दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, सबैभन्दा कम अफगानिस्तानको ★   बाढीको पूर्व सूचना दिन साइरन जडान ★   संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण ★   सार्वजनिक संस्थान: २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य ★   नेपाल पुरुष फ्रेन्चाइजी भलिबल लिगका लागि सम्झौता ★   भ्रष्टाचार ढाकछोप गर्न सरकारबाट संगठित अपराधको प्रवृत्ति भयो: महामन्त्री शर्मा ★   जुत्ता सिलाएर उद्यमी बन्नुभएकी निर्मला ★   आईपीएल अनि काव्या ★   राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस

कोशीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापालाई अघि सार्ने गठबन्धनको निर्णय



फाईल फोटो

काठमाडौँ । सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा काँग्रेसलाई नेतृत्व दिने भएको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कोशी प्रदेशमा गठबन्धनबाट काँग्रेस ठूलो दल भएकाले काँग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको बताउनु भयो । उहाँले मुख्यमन्त्रीका लागि आवश्यक सांसदहरु खोज्ने जिम्मा पनि काँग्रेसले नै लिनुपर्ने गरी सहमति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कोशी प्रदेशको सरकार गठनको कुरा छ । त्यसको लागि संघीय सरकारमा गठबन्धनमा भएका दलहरको तर्फबाट पनि के सुझाव दिने भन्दा नेपाली काँग्रेसको संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा अघि सार्ने सल्लाह दिएका छौँ । प्रदेश सरकारमा मन्त्रीमण्डलमा राख्नुपर्ने २ सिट खालि छ, अब दलहरुको बीचमा केही नमिलेर अड्किएर बसेका छन् । त्यसमा सबै प्रदेशको समाधान गर्ने सल्लाह गरेका छौँ । अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या काँग्रेसको छ । त्यसैले, काँग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सीट संख्या पनि उहाँहरुलाई नै पु¥याउने जिम्मेवारी दिएका छौं ।’

कार्यवाहक अध्यक्ष पाण्डेले जनमतलाई सरकारमा ल्याउने सहमति भएको पनि बताउनु भयो । उहाँले जनमतले दुई मन्त्रालयको दाबी गरे एक मन्त्री र एक राज्यमन्त्री दिनेगरी सहमति भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनमतलाई ल्याउने पनि सल्लाह भएको छ, बोलाएर राखेर सरसल्लाह हुन्छ । दुई वटा मन्त्रालय मागेका छन् भने सम्भव भएन भने राज्यमन्त्री दिएर भएपनि सरकारमा ल्याउने समझदारीपूर्ण कुरा भएको छ ।’

उहाँले जनमत पार्टीलाई सकेसम्म एउटा मन्त्रालय लिन आग्रह गर्ने पनि बताउनु भयो ।