काठमाडौं । आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा बजेट प्रस्तुत गरिने भएको हो ।
संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक हुँदै आएको छ । सोही अनुसार अर्थमन्त्री पौडेलले विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गरिनेछ ।
आजको बजेट कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित हुनेछ ।











