२३ असार २०८३, मंगलवार
,
Latest
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१६ इस्टर्न जोन कप सेमिफाइनल: नेपालविरुद्ध सिंगापुरले चार विकेट गुमायो



अ+ अ-

काठमाडौं । मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा अहिले नेपाल र सिंगापुर भिड्दैछन् । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुरले १५ ओभर खेल्दा चार विकेट गुमाएर ५० रन बनाएको छ ।

यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो ।

नेपालका ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

यस्तै, अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । सन्तोष यादव १८, प्रतिक भट्टराई १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनमा आउट भए ।

यस्तै कप्तान दीपु कुमार १२ रनमा आउट भए । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे भने नरेन भट्ट तीन रनमा कट एण्ड बोल्ड आउट भए ।

सिंगापुरका हरिहरनले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । कप्तान हर्ष वेंकटरामले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंगलबार हुनेछ । यदि नेपाल सेमिफाइनलमा पराजित भएमा तेस्रो स्थानको लागि मंगलबार नै प्रतिस्पर्धा गर्नेछ ।