२० माघ २०८१, आईतवार
,
Latest
जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए निजी क्षेत्रको अपेक्षा भन्दा माथि गएर सरकारले नीतिगत सुधारको लागि अध्यादेश ल्यायोः वरिष्ठ उपाध्यक्ष मल्होत्रा नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार आसनग्रहण गरिरहेको अवस्थामा एक्कासी ढलेका सांसद भट्टको स्वास्थ्य अवस्था कस्तो छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१६ इस्टर्न जोन कप सेमिफाइनल: नेपालविरुद्ध सिंगापुरले चार विकेट गुमायो



अ+ अ-

काठमाडौं । मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा अहिले नेपाल र सिंगापुर भिड्दैछन् । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुरले १५ ओभर खेल्दा चार विकेट गुमाएर ५० रन बनाएको छ ।

यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो ।

नेपालका ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

यस्तै, अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । सन्तोष यादव १८, प्रतिक भट्टराई १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनमा आउट भए ।

यस्तै कप्तान दीपु कुमार १२ रनमा आउट भए । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे भने नरेन भट्ट तीन रनमा कट एण्ड बोल्ड आउट भए ।

सिंगापुरका हरिहरनले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । कप्तान हर्ष वेंकटरामले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंगलबार हुनेछ । यदि नेपाल सेमिफाइनलमा पराजित भएमा तेस्रो स्थानको लागि मंगलबार नै प्रतिस्पर्धा गर्नेछ ।