६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ: गगन थापा

राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ: गगन थापा
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको हो ।

उहाँले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताउनु भयो । उहाँले कुनैपनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्नेकुरा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरुले लिनुपर्ने बताउनु भयो । उहाँले उच्च प्राथमिकतामा राखेर ससदमा तत्काल, संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले विद्यालय शिक्षामा आएको संकटलाई बुझ्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज संविधान निर्माण भएर संघीय व्यवस्थामा गइसकेपछि पनि शिक्षाको व्यवस्थापन गर्ने आधारभुत कुराबाट हामी चुकेका छौँ । म सम्माननीय प्रधानमन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु, उच्च प्राथमिकतामा राखेर ससदमा तत्काल, संघीय शिक्षा ऐन ल्याउनुपर्छ । हामी पनि त्यत्तिकै उच्च प्राथमिकतामा राखेर संसदबाट यो ऐनलाई पारित गरी लिएर जान्छौँ । तर ऐन पारित भएर मात्रै हुँदैन । लिगेसीको ठूलो कमिटमेण्ट चाहिएको छ । यही वर्षको हाम्रो बजेट हेर्ने हो भने विद्यालय शिक्षाको पूर्वाधारका लागि जम्मा १ अर्ब रुपैयाँ छुट्याएका छौँ । जबकी गत वर्षको ऋण तिर्न मात्रै ५ अर्ब बाँकी छ । हाम्रो प्राथमिकता मिल्यो की मिलेन ? विद्यालय कर्मचारीको सामान्य तलवको व्यवस्थापन गरेनौँ । हामी अहिले पनि हाम्रो विद्यालय शिक्षामा आएको संकटलाई बुझ्न सकिरहेका छैनौँ । हाम्रो विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको छ । यो थला परेको छ । यो बिग्रनुमा सबैभन्दा ठूलो दोष हामीले नै लिनुपर्छ ।

हाम्रो कारणले गर्दा विश्वविद्यालय आज थला परेको छ । हाम्रो निर्वाचन प्रणालीको कारणले गर्दा हाम्रो सरकार मिलिजुली बन्छ, हाम्रो सरकार मिलिजुली भएको हुनाले हामी विश्वविद्यालयको नेतृत्व पनि मिलिजुली बनाउनतर्फ लाग्यौँ । हामीले यति धेरै भागबण्डा गर्‍यौं की हामीले आजभोलि सहायक क्याम्पसचिफ समेत भागबण्डा गर्छौं । अब कन्ट्रोलर विश्वविद्यालयको हुँदैन, राजनीतिक दलको हुन्छ । उपकुलपति, शिक्षाध्यक्ष अहिले विश्वविद्यालयको हुँदैन, राजनीतिक दलको हो, राजनीतिक दलको भागमा पर्दैपर्दै जाँदै गर्दा विश्वविद्यालयलाई हामीले झनै तल लिएर गयौँ । सेवा आयोगले लिएका परीक्षाका सन्दर्भमा समेत प्रश्न उठेका छन् । आज भ्रष्टाचारका बिरुद्धमा प्रधानमन्त्रीको नेतृत्वमा जोसुकै परेपनि छोड्दिन भनेर जो संकल्पका साथ अघि बढ्नुभएको छ, हामी सबैको शतप्रतिशत साथ छ ।

हिजो को प्रधानमन्त्री, उपप्रधानमन्त्री भएको थियो, यसले केही फरक पर्दैन, राम्रो काममा सबैको साथ छ । यसैलाई मनन गरेर एउटा महत्वपूर्ण निर्णय गर्ने बेला आएको छ, हाम्रो विश्वविद्यालयलाई अब राजनीतिक दलसँग शतप्रतिशत अलग गर्नुपर्छ । हाम्रा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरु राजनीतिक रुपमा सचेत छन्, त्यहाँ प्रतिष्पर्धा हुन्छ, त्यहाँ सबै हुन्छ तर दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई अन्त्य गर्नैपर्छ, होइन, भने यो पापले हामीलाई यति थिच्छ, हामीले मुक्ति पाउँदैनौँ । संघीय शिक्षा ऐन जस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्छ र त्यसमा नै कुनैपनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भनेर । होइन भने विश्वविद्यालय माथि उठ्न सक्दैन ।’

महामन्त्री थापाले सरकारले बजेटमार्फत विद्यालय पूर्वाधारमा छ्ट्याएको रकम कम भएको उल्लेख गर्नुभयो ।