• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

ललिता निवासमा बनेका संरचना हटाउन काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम



काठमाडौँ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

उक्त क्षेत्रमा घेराबारा गर्न एक्शनमा उत्रिएका महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेले त्यहाँका संरचना हटाउन निर्देशन दिएका हुन् ।

पाण्डेको नेतृत्वमा डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए ।

सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको बताउँदै प्रमुख पाण्डेले अटेर गरे महानगर प्रहरीले हटाउने चेतावनी समेत दिएका छन् ।

ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा विशेष अदालतमा १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको छ ।