९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा दलित भन्दै डेरामा बस्नेलाई घरबाट निकालेपछि घरबेटी पक्राउ



अ+ अ-

दाङ । दाङमा डेरामा बस्नेलाई दलित भन्दै जबर्जस्ति घरबाट निकालिदिएका घरबेटी पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका– १७ बस्दै आएका अछामका २३ वर्षीय महेन्द्र बिकलाई ६८ वर्षीय घरबेटी ताराप्रसाद पोखरेलले जबर्जस्ति डेराबाट निकालेपछि उनलाई पक्राउ गरिएको हो ।

कोरियन भाषा पढ्न महेन्द्र उनका श्रीमती र दुई बच्चासहित घोराही पुगेका थिए। जातकै कारण तीन दिनमै बसेको घरबाट निकालिएपछि जातीय विभेदका विरूद्ध महेन्द्रले लिखित जाहेरी दिएपछि प्रहरीले शनिबार ताराप्रसादलाई नियन्त्रणमा लिएको हो।

महेन्द्र दलित समुदायको भन्ने थाहा पाएपछि ‘देउताले आफूलाई नसहने’ भन्दै ताराप्रसादले उनलाई घरबाट निस्कन भनेको बयान दिएका बताईएको छ।

पक्राउ परेका घरबेटि ताराप्रसादमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीविरूद्ध जातीय विभेदसम्बन्धी मुद्दा चलाउने तयारी गरिएको छ।