३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासु कुटेको विरोधमा देशभरिका अदालतमा कर्मचारीले रोके काम



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतअन्तर्गतका राष्ट्रियस्तरका चार वटै कर्मचारी संगठनको आह्वानमा आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने छन् ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानून व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको विरोधमा न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

अधिवक्ता लामिछानेले फाँटमा कार्यरत तामाङलाई सक्कल मिसिल माग गर्दा सक्कलै मिसिल दिन नमिल्ने बताएपछि लामिछानेले अपशब्द प्रयाग गर्दै हातपात गरेको ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले बताएका छन् ।

तामाङले ‘तपाईंले जुन–जुन कागजात अध्ययन गर्ने हो सो को नक्कल लिएर जान सक्नुहुन्छ’ भन्दा लामिछानेले ‘तैले के गर्न सक्छेस् गर्’ भन्दै हातपात गरेको बताइएको छ ।

नासु तामाङमाथि आक्रमण भएको विरोधमा ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले शुक्रबारदेखि नै ‘पेन डाउन’ गरेका छन् । कानून व्यवसायीहरुबाट कर्मचारीहरुलाई धम्की र दबाब आएको भन्दै उनीहरुले शुक्रबारदेखि नै काम गर्न नसक्ने भनेर पेन डाउनको निर्णय गरेका हुन् ।

न्यायालयका कर्मचारीहरुले नासु तामाङमाथि हातपात गर्ने लामिछानेलाई कानुन अनुसार कारबाहीको माग गरेका छन् । नासु तामाङले अधिवक्ता लामिछाने विरुद्ध असार १३ गते नै जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी छिन् ।