• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   न्यूरोडबाट फर्किए महानगर प्रहरी, सडक टाल्ने काम जारी ★   चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँ: सांसद गुरुङ ★   अर्थमन्त्रीले ५ खर्ब बढीको स्रोत सुनिश्चितताको पत्र दिएर आर्थिक अनुशासनहिनता देखाउनु भयो: रघुजी पन्त ★   बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच बैठक जारी ★   संवैधानिक परिषद् विधेयकसम्बन्धि राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश ★   सरकारको वार्षिक प्रतिवेदन आ. व. २०७९/८० प्रतिनिधि सभा बैठकमा पेश ★   देशका विभिन्न भागमा विद्युत कटौति गरेकोमा सांसदहरुको आक्रोश ★   न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद ★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति

लेवनानलाई पेनाल्टीमा हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा



काठमाडौँ । भारत १४ औं संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनल खेलमा लेवनानलाई पेनाल्टीमा ४–२ ले हराउँदै घरेलु टोली भारत उपाधि नजिक पुगेको हो ।

बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा भएको खेलको निर्धारित र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टीबाट लागेको हो ।

पेनाल्टीको पहिलो गोल भारतका कप्तान सुनील क्षेत्रीले गरे । लेवनानका हसन माटोउक गोल गर्न चुके । त्यसपछि भारतका अनवार अलीले गोल गरे । लेवनानका वालिम शोरले पनि गोल गर्दा भारत २–१ ले अघि रह्यो ।

त्यसपछि भारतका महेश सिंहले गोल गरे । यता लेवनानका मोहमद सदिकले गोल गरे । यस्तै, भारतका उदान्त सिंह कुमामले गोल गर्दा लेवनानका खालिल बदेर गोल गर्न चुकेपछि भारत ४–२ ले विजयी बन्यो ।

भारतले अब उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार नै भएको अर्को सेमिफाइनलमा बंगलादेशलाई १–० गोलले पराजित गर्दै कुवेतले फाइनलमा स्थान बनाएको हो । भारत र कुवेतबीचको फाइनल खेल मंगलबार राति ७ः४५ बजे हुनेछ ।