• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

केन्यामा सडक दुर्घटनामा ४८ जनाको मृत्यु



एजेन्सी । पश्चिमी केन्याको व्यस्त सडकमा ट्रकले नियन्त्रण गुमाउँदा अन्य सवारी साधन र पैदल यात्रुहरूमाथि ठोक्किदा ४८ जनाको मृत्यु भएको छ ।

अल जजिराले उल्लेख गरेअनुसार अहिलेसम्म ४८ जनाको मृत्यु भएको र एक वा दुई जना अझै ट्रकमुनि फसेको आशंका गरिएको छ ।

केरिचो र नाकुरु शहरहरू बीचको राजमार्गमा शुक्रबार राति भएको सो दुर्घटना बारे स्थानीय प्रहरी कमाण्डर जेफ्री मायेकले बताएका छन्  – “दुर्घटनामा तीस जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई विभिन्न अस्पतालमा लगिएको छ । यद्यपि पीडितको सङ्ख्या धेरै हुन सक्छ तर अहिले सम्म हामी ३० जनाको बारेमा निश्चित भएका छौं,”

साथै क्षेत्रीय प्रहरी कमाण्डर टम ओडेराले मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको पुष्टि गरेका छन् ।

“केरिचो तर्फ गुडिरहेको एउटा ट्रकले नियन्त्रण गुमाएको र बस स्टपमा खचाखच भरिएका माटाटस “स्थानीय मिनिबसहरूे मा ठोक्किएको र बस स्टपमा उभिरहेका यात्रुहरू र पैदल यात्रुहरूलाई घाईते बनाएको हामीले आशंका गरेका छौं, “मायेकले भने ।
दुर्घटनाका प्रत्यक्षदर्शी रहेका चालक पिटर ओटिएनोले भनेस् “मैले तीव्र गतिमा आउँदै गरेको ट्रेलर देखेँ। इक्कासि ठोक्किएपछि म भागें।” “मैले आफ्नै आँखाले करिब २० वटा शव देखेँ। गाडीमुनि अन्य शव पनि थिए,” उनले भने।

भारी वर्षाका कारण उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।