१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छः सभामुख घिमिरे



file
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चार क्षेत्रको महत्व धेरै रहेको बताउँदै सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताउनु भयो । उहाँले सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने बताउनु भयो । उहाँले सञ्चारमाध्यमको महत्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सञ्चार क्षेत्रको महत्व धेरै छ, सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा लोकतन्त्रमा न सैद्धान्तिक रुपबाट न दार्शनिक, न व्यवहारिक न अहिलेको हाम्रो अवस्थाको रुपबाट जरुरी छैन । तर यसमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्छ, ठिक दिशा निर्देशन गर्ने, यसको महत्व बढाउने, समाजवाद निर्माण गर्ने बाटो देखाउने कुरा महत्वपूर्ण छ । संसदका सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्षहरुको भुमिकालाई सही दिशा निर्देश गर्नेकुरामा यहाँहरुको भुमिका रहनेछ ।’

सभामुख घिमिरेले सभामुखको भुमिका प्रभावकारी बनाउन र संसदलार्य प्रभावकारी रुपमा व्यवस्थित रुपमा सञ्चालन गर्नेकुरामा आफूले महत्वपूर्ण भुमिका खेल्नेकुरामा बढी ध्यान दिने बताउनु भयो ।