१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न आग्रह



अ+ अ-

छेन्दु (चीन) । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाइ उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गर्नुभएको छ । सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको भेटमा उहाँले छेन्दुबाट काठमाडौँमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गर्नुभयो ।

सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसअघि छेन्दु–ल्हासा–काठमाडौँ उडान थियो, अहिले छेन्दुबाट काठमाडाँै सिधा उडान भएको छ । छेन्दु–काठमाडौँको उडान सङ्ख्या वृद्धि तथा छेन्दुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ, यसले दुई देशबीको सम्बन्ध थप प्रगाढ हुन्छ ।”

नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई अझ मबजुद बनाउन हवाइ सम्पर्क सञ्जालको निकै महत्वपूर्ण भूमिका हुने बताउनुभयो । “नेपालले कृषि, जलस्रोतका अतिरिक्त पर्यटनलाई उच्च महत्त्व दिएको छ, नेपालमा चिनियाँ पर्यटक भित्रयाउन हवाइ सम्पर्क सञ्जाल विस्तारले सहयोग गर्न सक्छ, यसका लागि सिचुवान एयरलाइन्सले भूमिका खेल्न सक्छ”, उहाँले भन्नुभयो ।

सो क्रममा एयरलाइन्सका अध्यक्ष चुइले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सिचुवान एयरलाइन्सको चार्डड उडानमार्फत पोखरा विमानस्थलमा उत्रनु भएको स्मरण गर्नुभयो । उहाँले एयरलाइन्सको बजार विस्तार गर्न आफूहरु तयार रहेको बताउनुभयो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान एयरलाइन्सको अप्रेसन सेन्टरको अवलोकन गर्नुभएको थियो । रासस