• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु



वासिङ्टन । एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ । 

उद्धारकर्मीका अनुसार बिमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । (रासस–सिन्ह्वा)