३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छः अर्थमन्त्री महत



तस्बिरः नवीन पौडेल / रासस
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रश्ताव माथिको छलफलमा सांसदहरुले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले आलुमा मुलुक आत्मनिर्भरता तर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनको लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले मुलुकभित्र आलु प्याज उत्पादन गर्ने उत्पादकहरु साना–साना रहेको भन्दै व्यवसायीक रुपमा एउटैले उत्पादन गर्न नसक्ने अवस्था रहेको बताउनु भयो। उहाँले आन्तरिक उत्पादनको सप्लार्यसहरु पनि साना रहेकाले उनीहरु भ्याटको दायरामा आउनसक्ने बताउनु भयो । अर्थमन्त्री महतले कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह रहेको बताउनु भयो । उहाँले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको अवस्थामा उत्पादकहरुले सडकमा फालिरहेको बताउनु भयो। उहाँले कालिमाटीमा विचौलियाको कारण मुलुकभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले सर्सर्ति प्रवेश पाउने अवस्था रहेको बताउनु भयो । उहाँले मुलुकभित्रका साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट नलाग्ने बताउनु भयो । उहाँले विदेशको सामान आयात गरेर सामान खरिद गरेमा भ्याट लाग्ने बताउनु भयो । उहाँले आलु प्याजमा लगाएको भ्याटले नेपाली उत्पादकहरुलाई हौसला दिने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो,‘मुलुक आलुमा आत्मनिर्भरता तर्फ अघि बन्दै गएको छ । प्याजमा पनि आत्मनिर्भर तर्फ जानैपर्छ । त्यसो हुनाले हामीले मूल्य अभिवृद्धिकर भ्याटमार्फत आलु प्याजलाई आत्मानिर्भरता लैजान खोजेको हो। एकतिरबाट अनुदान सहुलियत अर्को तर्फबाट भन्सारमा भ्याट लगाउँछौं । प्रश्न उठेको छ । आन्तरिक उत्पादनमा पनि लाग्ने भयो नी ? सरकारको अहिले पनि उत्पादकहरु साना–साना छन् । व्यवसायीक रुपमा एउटैले उत्पादन गर्दैन । सप्लार्यस पनि साना–साना छन् । किसानहरु धादिङ,काभ्रे,नुवाकोटको उत्पादन काठमाडौंमा खपत हुन्छ । उनीहरु भ्याटको परिधि भित्र आउँदैनन् । कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह छ । उनीहरुले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको छ । उत्पादकहरुले सडकमा फालिरहेका छन् । त्यहाँ याक्सेसमा समस्या छ । उनीहरुको बलियो नेटवर्क छ । त्यसले गर्दा मुलुकभित्रको उत्पादनले प्रवेश पाउँदैन । बाहिरबाट आएको सरसति प्रवेश गर्छ ।

मुलुकभित्र नै साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट लाग्दैन । विदेशको सामान आयात गरेर सामान खरिद गर्छ भने भ्याट लाग्छ । डिपार्टमेन्ट स्टोरमा जसले किन्छ । डिपार्टमेन्ट स्टोरमा किन्नेहरुले नेपाली उत्पादन किन्ने भने पनि भ्याट लाग्छ । डिपार्टमेन्ट स्टोरमा जाने अलि हैसियत भएको मानिस नै जान्छ । साना–साना पसलहरुमा कुनै भ्याटको व्यवस्था छैन । भ्याटको परिधिमा पर्ने डिपार्टमेन्ट स्टोर बाहेक अन्य कुनैमा लाग्दैन । यो भ्याटले नेपाली उत्पादकहरुलाई हैसला दिन्छ । यो व्यवस्थाले आम उपभोक्तालाई समस्या पर्दैन ।’

अर्थमन्त्री महतले सुर्तिजन्य वस्तुमा विगतको करलाई नहटाएको भन्दै त्यसैमा ३ प्रतिशत कर थप गरेको बताउनु भयो। उहाँले सुर्तिजन्य वस्तु मुलुकभित्र प्रतिबन्द गर्ने भएपनि सबै राजनीतिक दलहरुले सहमति गरे सरकार तयार रहेको बताउनु भयो। उहाँले सरकारलाई सुर्तिजन्य वस्तु प्रतिवन्ध गर्न समस्या नभएको बताउनु भयो। उहाँले नेपालको सुर्तिजन्य वस्तुमा एसिया मात्रै नभएर विश्वामा नै बढी रहेको जानकारी दिनुभयो। अर्थमन्त्री महतले ४० लाखको विद्युतीय बस चढ्ने गरिब भएकाले अमेरिकालाई जित्नेगरी धनी भएको टिप्पणी गर्नुभयो ।

उहाँले पाँच चारे होटलमा जाने ग्राहकहरुको लागि कर लगाउँदा पर्यटन क्षेत्रमा कर लगाइयो भन्नु गलत भएको बताउनु भयो। उहाँले १० लखा भन्दा बढी सुन खरिद गर्नेलाई थप पाँच प्रतिशत कर लगाएको बताउनु भयो। उहाँले नेपालमा मूल्य अभिवृद्धि कर लागू भएसँगै राजश्वको दायरा बढेको बताउनु भयो। उहाँले सरकारले आर्थिक विधेयकमार्फत व्यवस्था गरेको करले मुलुकको अर्थतन्त्र चलायमान हुने बताउनु भयो। उहाँले भ्याटले करको कुरा मात्रै नगरेको पनि बताउनु भयो ।