• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

कञ्चनपुरमा करेन्ट लागेर एकको मृत्यु



(सांकेतिक तस्बिर)

महेन्द्रनगर । करेन्ट लागेर घाइते हुनुभएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उहाँ घाइते हुनुभएको थियो ।

प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले करेन्ट लागेर घाइते हुनुभएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

हाल विष्टको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस