• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला

वैदेशिक रोजगारीमा गएकाहरुको पीडालाई सम्बोधन गर्न सरकारले हेल्प डेस्कको निर्माण गर्नुपर्छ: प्रदिप पौडेल



सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले वैदेशिक रोजगारीका गएकाहरुको पीडा सम्बोधन गर्नका लागि सम्बन्धित मन्त्रालय र निकायहरुमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

वैदेशिक रोजगारीमा गएकाहरुको शव ल्याउन सक्ने अवस्था समेत राज्यले गर्न नसकिरहेको उल्लेख गर्दै उनीहरुलाई ट्रयाकिङगरी आपत परेका बेलामा सहयोग गर्नका लागि सम्बन्धित मन्त्रालय र राजदुतावासहरुमा हेल्प डेस्कको आवश्यक व्यवस्था मिलाउन उहाँले सरकारसँग माग गर्नु भएको हो ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले वैदेशिक रोजगारीमा गएका नागरिकहरुलाई विपद् पर्दा सरकार सहयोगी बन्न नसकेको उल्लेख गर्दै त्यसमा सहयोगी हुने गरी संयन्त्रहरुको निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले एयरपोर्ट देखिनै विदेशमा गएका नेपाली कामदारहरुको ट्रयाकिङ गर्न सके उनीहरुको पीडाको सुनुवाई गर्न सहज हुनेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद पौडेलले भन्नु भयो, ‘विदेशमा रहेका नेपालीहरुलाई जुन विपद पर्छ । त्यो विपदमा सरकार सहयोगी बन्न सकिरहेका छैन । यो एक हप्ता अगाडिको विषय हो । मलेसियामा रोजगारीका लागि गएका एक जना एमलाल परियारको मृत्यु भयो । उहाँको लास नेपाल ल्याउनका निम्ति परिवारले सबैतिर याचना गरिरहेको छ । यसरी यस्तो गम्भिर विषयमा सरकारले किन प्रभावकारिता बढाउन सक्दैन ? कतिपयको मृत्यु हुन्छ । तर त्यो जानकारी उसको परिवारलाई हुँदैन । कतिपयको मृत्यु भएको वर्षौ पछि मात्रै जानकारी हुने स्थिति भएको छ । त्यसैले नेपालबाट रोजगारीका लागि विदेश जाने नेपाललाई एयरपार्टदेखिनै ट्रयाकिङ गर्ने व्यवस्था गरियोस् ।’

‘ऊ कहाँ गएको हो ? गएको ठाउँमा पुग्यो कि पुगेन ? त्यहाँ गएर उसले सम्झौता अनुसार रोजागारी पायो कि पाएन ? काम गर्ने सन्दर्भमा ऊ विरामी भयो कि वा कुनै दुर्घटनामा पर्‍यो कि ? कुनै विपदमा पर्‍यो कि ? त्यसको ट्रयाकिङ गर्ने व्यवस्था सरकारले गर्न जरुरी छ । सरकारले परराष्ट्र मन्त्रालयमा, सम्बन्धित देशको दुतावासमा, श्रम मन्त्रालयमा सबैतिर यो सम्बन्धि सहयोग गर्ने डेस्क निर्माण गरोस् । यो भयावह स्थिति छ । सबैको कुरा सतहमा आएको छैन । सतहमा नआएका थुप्रै घटनाहरु छन । हामीलाई सहयोग गर्न धेरैले भनिरहनु भएको हुन्छ । त्यसैले व्यक्तिले होइन, सिष्टमले सहयोग गर्ने व्यवस्था गरौं । म यसतर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

सांसद पौडेलले धेरै नेपालीहरुले काम गर्ने क्रममा विदेशमा ठूलो पीडा भोग्नु परेको भएपनि त्यसमा सरकार गम्भिर नभएको गुनासो समेत गर्नु भयो ।