१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाईल्यान्डलाई ४४ रनमा स्तब्ध पार्दै नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा नेपालले थाईल्यान्डलाई २२५ रनको भारी अन्तरले पराजित गरेको छ । यो जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड नेपालको घातक बलिङमा १३.२ ओभरमा अलआउट हुदै ४४ रनमा स्तब्ध हुन पुग्यो । थाईल्यान्डका स्थेन बेनर्जिले सर्वाधिक १६ रन बनाए । यस्तै, दानुफोन ३३ बलमा ३ चौकासहित १२ रन बनाएर आउट हुँदा ओपनर आर्शिवाद नारायणलार्य र जित सादा शून्य रनमा आउट भए । थाईल्यान्डका ८ ब्याटरले एक रन पनि बनाउन सकेनन् ।

नेपालका स्पिनर सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । सन्तोषले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै अशोक धामीले ३ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिदा अभिषेक तिवारीले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

नेपालका निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए। उनले २१ बलमै अर्धशतक पूरा गरेका थिए । नेपाललाई ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सुर्यांशुले ५५ बलमा ३ चौकासहित ४० रन बनाए भने नरेन भट्ट ५५ रनमा नटआउट रहे ।

यस्तै, सन्तोष यादव ४२ रनमा आउट हुँदा आषिश लुहार १३, अशोेक धामी ५ र अभिषेक तिवारी १४ रन बनाए ।

थाईल्यान्डका निटपाखन मनुवुनले ६ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । यस्तै, ईशान बानेर्जी र पनुवातले दुई दुई विकेट लिँदा जित सादा र पियावत नोद्रीले एक एक विकेट लिए ।