२४ भाद्र २०८३, बुधबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाईल्यान्डलाई ४४ रनमा स्तब्ध पार्दै नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा नेपालले थाईल्यान्डलाई २२५ रनको भारी अन्तरले पराजित गरेको छ । यो जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड नेपालको घातक बलिङमा १३.२ ओभरमा अलआउट हुदै ४४ रनमा स्तब्ध हुन पुग्यो । थाईल्यान्डका स्थेन बेनर्जिले सर्वाधिक १६ रन बनाए । यस्तै, दानुफोन ३३ बलमा ३ चौकासहित १२ रन बनाएर आउट हुँदा ओपनर आर्शिवाद नारायणलार्य र जित सादा शून्य रनमा आउट भए । थाईल्यान्डका ८ ब्याटरले एक रन पनि बनाउन सकेनन् ।

नेपालका स्पिनर सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । सन्तोषले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै अशोक धामीले ३ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिदा अभिषेक तिवारीले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

नेपालका निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए। उनले २१ बलमै अर्धशतक पूरा गरेका थिए । नेपाललाई ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सुर्यांशुले ५५ बलमा ३ चौकासहित ४० रन बनाए भने नरेन भट्ट ५५ रनमा नटआउट रहे ।

यस्तै, सन्तोष यादव ४२ रनमा आउट हुँदा आषिश लुहार १३, अशोेक धामी ५ र अभिषेक तिवारी १४ रन बनाए ।

थाईल्यान्डका निटपाखन मनुवुनले ६ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । यस्तै, ईशान बानेर्जी र पनुवातले दुई दुई विकेट लिँदा जित सादा र पियावत नोद्रीले एक एक विकेट लिए ।