२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई बाबुरामको कटाक्ष- बुढीगण्डकीको महत्व नबुझ्नेले विकासको गफ दिनु हास्यास्पद



फाईल फोटो
अ+ अ-

काठमाडौँ । तीन दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी नै स्थापना भइसकेकाले असारभित्रै उद्घाटन गर्ने तयारी गरेको बताएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यसबारे कडा प्रतिक्रिया दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् भट्टराईले बुढीगण्डकी परियोजनालाई हलो काटेर मुंग्रो बनाउन खोजेको टिप्पणी गर्नुभएको छ । ‘बुढीगण्डकी परियोजनालाई हलो काटेर मुंग्रो बनाउनु भनेझैँ यसको बहुआयामिक विकास अवधारणाको हत्या गरेर सामान्य जलविद्युत योजनाको रूपमा खुम्च्याउनु र यसलाई विद्यमान विद्युत प्राधिकरण मातहतको एउटा कम्पनी अन्तर्गत राख्नु ज्यादै आपत्तिजनक छ१ यो त एउटा बाघलाई सुगाको पिंजडामा राख्न खोज्नु जस्तै हास्यास्पद कुरा हो’, उहाँले भन्नुभयाे ।

उहाँले राजनीतिक नेतृत्वले देशको दीर्घकालीन विकास नीति नै नबुझ्नु वा बुझ्न नचाहनु चिन्ताको विषय भएको बताउनुभयो । ‘भौगोलिक विविधता,जटील भूराजनीति र नदीनाला नै सबभन्दा ठूलो सम्पत्ति भएको मुलुकमा नदी-उपत्यकाहरूको एकीकृत विकास गरेर मात्र समग्र देशको सन्तुलित,दिगो र हरित विकास गर्न सकिन्छ भन्ने सत्ताधारीहरूले किन नबुझेकोरुअमेरिकाको टेनेस्सी भ्याली,चीनको थ्री-गोर्जेज परियोजनाहरूले ती देशको अग्रगामी रूपान्तरणमा खेलेको ऐतिहासिक भूमिकाबाट किन सिक्न नचाहेकोरु’, उहाँले भन्नुभयो ।

उहाँले आफू प्रधानमन्त्री हुँदा गठन भएको बुढीगण्डकी विकास समितिले अघि सारेको र आफूले भन्दै आएको अवधारणा अन्तर्गत गुरुयोजना किन नबनाएको भन्दै प्रश्न समेत गर्नुभएको छ ।

‘आफुले नबुझे/नजाने पनि मेरो प्रमकालमा गठन भएको ‘बुढीगण्डकी विकास समिति’ले अघि सारेको र मैले बारम्बार कराउॅदै आएको ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’को अवधारणा र त्यसअन्तर्गत प्रस्तावित एकीकृत विकासको गुरूयोजनालाई किन लत्याएको ? कमसेकम आगामी ५० बर्षसम्म देशको विकासको प्रमुख इञ्जिन हुने काठमाण्डौ-पोखरा-लुम्बिनी-हेटौंडा र वीरगंज चौकोणको बीचमा पानी, विजुली, माछापालन, पर्यटन, पर्यावरण संरक्षणको प्रमुख श्रोत हुने यो जलाशययुक्त परियोजनाको बहुआयामिक महत्व नबुझ्नेले विकास र समृद्धिको गफ दिनु कति हास्यास्पद होला ? बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भनेको यही हो कि ?’, उहाँले भन्नुभयाे ।

उहाँले सही मोडालिटी बनाएर छिटो कार्यान्वयन गर्ने अझै समय भएको समेत बताउनुभयो । नत्र इतिहासले धिक्कार्ने भन्दै उहाँले आयोजनाको संस्थागत संरचना समेत उल्लेख गर्नुभएको छ ।

केही दिन अघि धादिङको एउटा विद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले असारभित्रै बुढीगण्डकी जलविद्युत् आयोजनाको उद्घाटन गर्ने बताउनुभएको थियो । यसका लागि सरकारले कम्पनी समेत स्थापना गरिसकेको छ । स्थानीयहरुले समय समयमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि प्रधानमन्त्री समक्ष भेट गरी दबाब दिँदै आएका छन् ।