• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ?

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने



तस्बिर: रासस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुनेभएको छ ।

आज विहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।

आजको बैठकमा विभिन्न सांसदहरुले प्रस्तुत खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेस गरिनेछ । सांसदहरु नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी, दामोदर भण्डारी, बलराम अधिकारी, वसन्तकुमार नेम्वाङ, लिलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, सुमना श्रेष्ठ, दामोदर पौडले, दीपा शर्मा, गोकर्ण विष्टले खर्च कटौतीको प्रस्ताव गर्नुभएको छ ।

साथै प्रभु साह, गोकुलप्रसाद बाँस्कोटा, ठाकुरप्रसाद गैरे, सूर्यबहादुर थापा क्षेत्री, स्वर्णीम वाग्ले, जुलीकुमारी महतो (महासेठ), सूर्यप्रसाद ढकाल, महेशकुमार बर्तौला, अमरेशकुमार सिंह, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह, योगेशकुमार भट्टराई, सराज अहमद फारुकी, हरिप्रसाद उप्रेती, पदम गिरीले पनि विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्नुभएको छ ।

त्यसपछि आजकै बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भन्न् प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरी दफावार छलफलका लागि दिन तोकिनेछ ।