२६ श्रावण २०८३, मंगलवार
,
Latest
अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, पुँजीगत खर्च बढाउन जोड कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड, उपभोगको क्षेत्र मात्र ठान्नु गलतः अध्यक्ष अग्रवाल नेशनल प्याब्सन कास्कीको २०औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, आज घण्टाकर्ण पर्व मनाइँदै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिवाह मण्डपबाट बेहुला पक्राउ !



अ+ अ-

काठमाडौं । काठमाडौंको नक्साल स्थित लिसरा रिसेप्सेन पार्टी प्यालेस बिबाह समारोह हुदै गर्दा बेहुला पक्राउ परेका छन् ।

अमेरिकाको ग्रिन कार्ड भएका सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं. ६ स्थाई घरभई हाल काठमाडौ महानगरपालीका वडा नं. १३ ताहाचल बस्ने वर्ष ३२ को अनुराग रौनियार पक्राउ परेका हुन् ।

उनले आफुहरुले मागेजति दाईजो प्राप्त नभएको र जन्तीलाई राम्रो स्वागत समेत नभएको भनि बिबाह नगर्ने अडान राखेको र बेहुलीलाई समेत हातपात गरे पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बेहला रौनियारले बिबाह गर्ने भए ५०,००,०००।– (पचास लाख रुपैयाँ) दिनु पर्ने माग समेत गरेका थिए ।

यस अघि पनि रौनियारले बिवाह खर्च वापत पटक पटक गरी रु २२,००,०००।– (बाईस लाख रुपैयाँ) लगेको प्रहरीको बिज्ञप्तिमा उल्लेख छ । प्रहरीका अनुसार पक्राउ परेको रौनियार उपर बिवाह सम्बन्धी कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान भई रहेको छ ।