१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा सवारी दुर्घटनामा परी ११ महिनामा ३८८ जनाले ज्यान गुमाए



अ+ अ-

झापा । कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अध्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक सय पाँच जनाले ज्यान गुमाएका छन् ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक वर्षको असार १० गतेसम्ममा तीन हजार तीन सय १७ सवारी साधन दुर्घटनामा परेका थिए । गत वर्ष सोही अवधिमा तीन हजार पाँच सय ९६ सवारी साधन दुर्घटना हुँदा चार सय ९७ जनाले ज्यान गुमाएका थिए ।

दुर्घटनामा सात सय ३१ जना गम्भीर र चार हजार पाँच सय १५ जना सामान्य घाइते भएका दाहालले बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरिमा चेनामूलक २४ हजार पाँच सय ५१ कार्यक्रम गरिएका छन् । सडकको अवस्था, भौगोलिक कारण, ट्राफिक नियम उल्लङ्घन, पैदलयात्रीले जभाभावी बाटो काट्ने, चालकको लापरबाही, सडकमा चौपाया छाड्ने जस्ता कारणले दुर्घटनामा वृद्धि भएको हो ।

ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनका चालकलाई कारबाही गरेर कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले रु १८ करोड ५४ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा प्रदेशका १४ जिल्लामा दुई लाख ७७ हजार तीन सय ७१ सवारी साधनका चालकलाई कारबाही गरिएको प्रवक्ता दाहालले बताउनुभयो ।

गत वर्षको सोही अवधिमा रु १६ करोड ७२ लाख राजस्व सङ्कलन भएको थियो । प्रदेशभरका जिल्लामा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने सात हजार छ सय ९२ जनालाई कारबाही गरिएको तथ्याङ्क छ । रासस