५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्रिय गल्फ टिमको प्रशिक्षकमा तरूण सरदेसाई नियुक्त



अ+ अ-

काठमाडौं । १९औँ एसियाली खेलकुदका लागि तरूण सरदेसाईलाई नेपाल गल्फ संघले प्रशिक्षक नियुक्त गरेको छ ।

नेपाल गल्फ संघ र तरूण सरदेसाई बीच एसियन गेम्सको लागि सम्झौता भएको छ । सम्झौता अनुसार एसियन गेम्ससम्म सरदेसाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षकको रूपमा रहने छन् । नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दिपक आचार्य टिमको सहायक प्रशिक्षक रहेका छन् । एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाओमा‌ हुनेछ ।

तरूण सरदेसाईको नेतृत्वमा नेपाली टिमले भारतको बैंगलुरुस्थित तरूण सरदेसाई गल्फ एकेडेमीमा प्रशिक्षण सुरू गरिसकेको छ । एशियन गेम्समा प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुबाश तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपाल गल्फ संघले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाली टिमलाई विशेष प्रशिक्षणको लागि बैंगलुरु पठाएको हो । नेपाल नम्बर एक एमरच्योर गल्फर सुबाशसँगै सदभाव आचार्य गत एक वर्षदेखि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका थिए । बन्द प्रशिक्षणकै दौरान सुबाश र सदभावले जुलाई १८ देखि १९ सम्म अर्किड कन्ट्री क्लबमा हुने सिंगापुर एमेच्योर ओपनमा सहभागिता जनाउने छन् ।