१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीका कप्तान गुन्डोगानलाई बार्सिलोनाले भित्र्यायो



अ+ अ-

काठमाडौँ । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान अन्ततः स्पेनिस फुटबल क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका कप्तान समेत रहेका ३२ बर्षिय गुन्डोगान फ्री–ट्रान्सफरमा बार्सिलोना गएका हुन् ।

बार्सिलोनाले गुन्डोगानलाई भित्र्याएको औपचारिक जानकारी दिएको छ । उनले बार्सिलोनासँग २०२५ सम्मका लागि सम्झौता गरेका छन् भने थप एक बर्ष नवीकरण गर्न सकिने शर्त राखिएको बार्सिलोनाले जानकारी दिएको छ ।

साथै बार्सिलोनाले उनको रिलिज क्लज ४०० मिलियन युरो राखेको छ । सिटीमा सात सिजन खेलेका गुन्डोगानले सिटीमा सम्झौता सकिएपछि नवीकरण गरेका थिएनन् ।

उनले सिटीका लागि ३०४ खेल खेल्दै ६० गोल गरेका छन् । त्यस्तै सिटीमा उनले कुल १४ ट्रफी जितेका छन् । जसमा यस सिजनको च्याम्पियन्स लिगको उपाधि समेत सामेल छ ।