२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर… एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह एमाले महाधिवेशनः ओली र पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा कृषिलाई अर्थतन्त्रको मुख्य धारमा ल्याउनुपर्छः कृषिमन्त्री परियार दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाए विद्यमान समस्यालाई निकास दिन आगामी निर्वाचन नै उच्चतम विधिः राष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी साधन भाडामा लगाउनेले बहाल कर तिर्नुपर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । अब काठमाडौँ महानगरपालिका भित्र सवारी साधनलाई भाडामा लगाउने व्यक्ति वा संस्थाले बहाल कर तिर्नुपर्ने भएको छ ।

काठमाडौँ महानगरले आर्थिक ऐनमा बहाल कर असुल गर्ने क्षेत्र विस्तार गर्दै अब सवारी साधन थप गरेको हो । यसअघि जग्गा, भवन, घर, पसल, ग्यारेज, वर्कसप, गोदम, टहरा, सेड, जग्गा वा पोखरी पुरै वा आंशिक तवरले भाडामा लगाई प्राप्त बहाल रकममा बहाल कर लाग्ने प्रावधान थियो ।

यो सूचीमा आर्थिक वर्ष २०८०/८१ देखि महानगरले सवारी साधन करसमेत थपेको हो । सवार साधन कर स्रोतमै कट्टी हुने महानगरपालिकाले जनाएको छ । महानगरले क्रूल बहालमा वार्षिक १० प्रतिशतका दरले बहाल कर निर्धारण गरेको छ ।

यद्यपि वार्षिक बहाल रु एक लाखभन्दा कम हुने र आम्दानीको अन्य स्रोत नभएका करदाताको हकमा भने कर छुट माग्न सकिने र त्यसमा मूल्याङ्‍कन गरी ७५ प्रतिशतसम्म छुट दिने सकिने प्रावधान आर्थिक ऐनमा उल्लेख छ ।