२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश सपुतमाथिको आक्रमणले सम्पूर्ण कलाकारको मन दुखेको छ – लोक दोहोरी प्रतिष्ठान



अ+ अ-

काठमाडौंँ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा भएको बोतल प्रहार घटना अत्यन्तै निन्दनीय र आमानवीय भएको बताएको छ ।

प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गर्दै रोमानियामा सपुतमाथि भएको क्रियाकलाले सम्पूर्ण नेपाली कलाकारको मन दुखेको जनाएको छ ।

‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव प्रकाश सपुतमाथि रोमानियामा आयोजित ‘याद नेपाली म्युजिक फेस्टिभल–२’ मा आफ्नो प्रस्तुति दिइरहेका बेला बोत्तल प्रहार भएको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रतिष्ठानका अध्यक्ष रिता थापामगरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो घटना अत्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठा भएको प्रतिष्ठानको ठहर छ ।’

यस्तै, प्रतिष्ठानले दोषिमाथि कारबाही गर्न समेत माग गरेको छ ।