७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

जलहरी विवाद: अनियमितता नभेटिएको अख्तियारको प्रारम्भिक निष्कर्ष, दुई दिनमा अनुसन्धान टुंगिने

जलहरी विवाद: अनियमितता नभेटिएको अख्तियारको प्रारम्भिक निष्कर्ष, दुई दिनमा अनुसन्धान टुंगिने
अ+ अ-

काठमाडौँ । पशुपतिनाथमा राखिएको सुनको जलहरी खरिद तथा प्रतिस्थापनमा अनियमितता नदेखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक निष्कर्ष छ । यद्यपि जलहरीमा राखिएका सबै धातुको औसत तौल निकालेर अनुसन्धानलाई टुंग्याउन अझै दुई दिन लाग्ने बताइएको छ ।

अख्तियारका अनुसार जलहरीमा करिब एक सय ७ केजी अर्थात १०६ दशमलव ४३२५ किलो ग्राम सुन मापन भएको छ । त्यस्तै जलहरी कस्न बनाइएका काँटीको मापन साढे एक किलोग्राम रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले जलहरीमा प्रयोग भएको सुनको मापन करिब ९७ केजी र करिब ११ केजीको रिङ भएको भन्दै पशुपति विकास कोषको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो ।

त्यसपछि जलहरीमा राखिएको सुन अपुग भएको दाबी गर्दै उजुरी परेको थियो । उजुरी परेसँगै अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारले पहिलो चरणमा कोषका पदाधिकारीसँग बयान लिएको भने सोमबार पशुपति परिसरमै नेपाली सेनाको रोहबरमा सुनको नापतौल लिइएको हो ।

यसअघि कोषका सदस्य सचिव मिलन थापाले संसदीय समितिमा रुँदै आफूहरूमाथि लगाइएको आरोप पुष्टि भए मृत्युदण्ड दिन माग गरेका थिए । उनले बदनाम गर्न आरोप लगाइएको भन्दै सेनाको रोहबरमा राखिएको जलहरीको सुनको नापतौल गर्न आग्रह गरेका थिए ।

उनले मुचुल्का उठाउने क्रममा भएको सङ्ख्यात्मक त्रुटिका कारण जलहरीको विषय विवादित बनेको स्वीकार गरे पनि सबै काम सेनाको कडा रेखदेखमा भएको बताएका थिए ।

राष्ट्र बैङ्कबाट दुई पटक गरी १०३ किलो ७९३ दशमलव १०० ग्राम सुन खरिद गरिएको बताएको थियो । सुरक्षाको जिम्मा सरकारले नै खटाएको विमानस्थलस्थित कालीदल गणले लिएको र सेनाकै रोहवरमा पशुपति क्षेत्रको रुद्रगारेश्वरस्थित ज्यासलमा राखिएर जलहरी बनाइएको थियो ।

जलहरी निर्माणका क्रममा तयार गरिएको मुचुल्का बमोजिम ९६ किलो ८२२ ग्राम सुनको जलहरी बनाएर चाँदीको जलहरीमाथि राखिएको र बाँकी रहेको १० किलो ९७६ ग्राम सुनमध्ये जलहरीको माथिल्लो भागको सुरक्षाका लागि रिङ, पेटी तथा सुनका किला बनाइएको हो ।

कोषले बाँकी रहेका टुक्राटाक्री सुन सेफमा राखिएको र सोको पनि नापतौल भएको जनाएको छ ।