२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलहरी विवाद: अनियमितता नभेटिएको अख्तियारको प्रारम्भिक निष्कर्ष, दुई दिनमा अनुसन्धान टुंगिने



अ+ अ-

काठमाडौँ । पशुपतिनाथमा राखिएको सुनको जलहरी खरिद तथा प्रतिस्थापनमा अनियमितता नदेखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक निष्कर्ष छ । यद्यपि जलहरीमा राखिएका सबै धातुको औसत तौल निकालेर अनुसन्धानलाई टुंग्याउन अझै दुई दिन लाग्ने बताइएको छ ।

अख्तियारका अनुसार जलहरीमा करिब एक सय ७ केजी अर्थात १०६ दशमलव ४३२५ किलो ग्राम सुन मापन भएको छ । त्यस्तै जलहरी कस्न बनाइएका काँटीको मापन साढे एक किलोग्राम रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले जलहरीमा प्रयोग भएको सुनको मापन करिब ९७ केजी र करिब ११ केजीको रिङ भएको भन्दै पशुपति विकास कोषको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो ।

त्यसपछि जलहरीमा राखिएको सुन अपुग भएको दाबी गर्दै उजुरी परेको थियो । उजुरी परेसँगै अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारले पहिलो चरणमा कोषका पदाधिकारीसँग बयान लिएको भने सोमबार पशुपति परिसरमै नेपाली सेनाको रोहबरमा सुनको नापतौल लिइएको हो ।

यसअघि कोषका सदस्य सचिव मिलन थापाले संसदीय समितिमा रुँदै आफूहरूमाथि लगाइएको आरोप पुष्टि भए मृत्युदण्ड दिन माग गरेका थिए । उनले बदनाम गर्न आरोप लगाइएको भन्दै सेनाको रोहबरमा राखिएको जलहरीको सुनको नापतौल गर्न आग्रह गरेका थिए ।

उनले मुचुल्का उठाउने क्रममा भएको सङ्ख्यात्मक त्रुटिका कारण जलहरीको विषय विवादित बनेको स्वीकार गरे पनि सबै काम सेनाको कडा रेखदेखमा भएको बताएका थिए ।

राष्ट्र बैङ्कबाट दुई पटक गरी १०३ किलो ७९३ दशमलव १०० ग्राम सुन खरिद गरिएको बताएको थियो । सुरक्षाको जिम्मा सरकारले नै खटाएको विमानस्थलस्थित कालीदल गणले लिएको र सेनाकै रोहवरमा पशुपति क्षेत्रको रुद्रगारेश्वरस्थित ज्यासलमा राखिएर जलहरी बनाइएको थियो ।

जलहरी निर्माणका क्रममा तयार गरिएको मुचुल्का बमोजिम ९६ किलो ८२२ ग्राम सुनको जलहरी बनाएर चाँदीको जलहरीमाथि राखिएको र बाँकी रहेको १० किलो ९७६ ग्राम सुनमध्ये जलहरीको माथिल्लो भागको सुरक्षाका लागि रिङ, पेटी तथा सुनका किला बनाइएको हो ।

कोषले बाँकी रहेका टुक्राटाक्री सुन सेफमा राखिएको र सोको पनि नापतौल भएको जनाएको छ ।