• २९ जेष्ठ २०८१, मंगलवार
  •      Tue Jun 11 2024
  •   Unicode
Logo
Latest
★   ‘फोटोग्राफी’बाट मनग्ये कमाउँछन् कैलालीका युवा ★   निर्माण रोकिएको शीतभण्डार पुन: सुरु गर्न किसानको आग्रह ★   धान नबिकेपछि झापाका किसान चिन्तित ★   टिममा सन्दीप जोडिएपछि रोहितको प्रतिक्रिया: ‘विकेट टेकर बलर एड हुनुभएको छ’ ★   ४ वटा सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला लगायो ★   नक्साल ढुङ्गेधारा पुनरुत्थान हुँदै: पानीको निकास थुन्नेलाई जरिवाना तिराएर त्यही जरिवानाबाट निकास खोलियो ★   किसानले दु:ख गरी लगाएको धान बिकेन, थपियो चिन्ता ★   ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ ★   साम्तुङ–सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण ★   राष्ट्रपति आज साँझ जेनेभा जानुहुँदै

हर्क साम्पाङलाई बालेनको साथ, भने- सुखमा सबै होलान, दुःखमा हामी छौँ



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफू दुःखमा साथ दिन तयार रहेको बताउनुभएको छ ।

आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दले उल्टै मुद्दा हालेको गुनासो गर्नुभएको थियो ।

‘पसिनाको भेल बगाएर अनेक दुस्ख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाइ दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू’,  साम्पाङले लेख्नुभएको छ ।

सोही पोस्टमा प्रतिक्रिया जनाउँदै बालेन आफू दुःखमा साथ दिने बताउनुभएको छ ।

‘केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर , केही फरक पर्दैन । तपाईं यति अगाडि पुगिसक्नु भो कि, पछाडि जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथ होलान्, दुस्खमा हामी छौँ, म छु, सधैँ हुनेछौँ’,  प्रमुख शाहले लेख्नुभएको छ ।