६ श्रावण २०८३, बुधबार
,
Latest
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङलाई बालेनको साथ, भने- सुखमा सबै होलान, दुःखमा हामी छौँ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफू दुःखमा साथ दिन तयार रहेको बताउनुभएको छ ।

आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दले उल्टै मुद्दा हालेको गुनासो गर्नुभएको थियो ।

‘पसिनाको भेल बगाएर अनेक दुस्ख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाइ दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू’,  साम्पाङले लेख्नुभएको छ ।

सोही पोस्टमा प्रतिक्रिया जनाउँदै बालेन आफू दुःखमा साथ दिने बताउनुभएको छ ।

‘केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर , केही फरक पर्दैन । तपाईं यति अगाडि पुगिसक्नु भो कि, पछाडि जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथ होलान्, दुस्खमा हामी छौँ, म छु, सधैँ हुनेछौँ’,  प्रमुख शाहले लेख्नुभएको छ ।




भर्खरै