काठमाडौं । आइतबारदेखि सुरु जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशनमा आज अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि समूहगत रुपमा छलफल हुनेछ । उक्त विधानमाथि १० समूहमा छलफल हुनेछ ।
आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गर्नुभएको थियो । सोही प्रस्तावित विधानमाथि आजदेखि समूहगत रूपमा छलफल हुन लागेको हो ।
बैठकमा केन्द्रीय कमिटीका ४१० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल गर्न लागेका हुन ।
पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन् । विधानले ७० वर्षे उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ व्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ ।