४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

महिला अधिकार: बलियो कानूनमा पनि किन कमजोर कार्यन्वयन हुन्छ? : वन्दना पटनायक

महिला अधिकार: बलियो कानूनमा पनि किन कमजोर कार्यन्वयन हुन्छ? : वन्दना पटनायक
अ+ अ-

काठमाडौं । दक्षिण एशियाली मुलुकहरुमा महिला र महिला श्रमिककको पक्षमा कानूनहरु बलिया बने पनि कार्यान्वयन पक्ष कमजोर रहेको पाइएको छ ।

महिला श्रमिकहरु अहिले पनि न्युनतम र असमान ज्यालाको भेदभावमा छन् । यो भन्दा डरलाग्दो पक्ष वैदेशिक रोजगारीमा गएका र फर्किएका महिलाको सहज सामाजिकिकरण हुन नसक्दा उनीहरु सामाजिक, मानसिक र शारिरीक हिंसामा पर्ने क्रम रोकिएको छैन ।

महिला बेचबिखन बिरुद्धको विश्वव्यापी सञ्जालले दक्षिण एशियाका ४ मुलुकका ५ सय आप्रवासी श्रमिक महिलामाथि गरेको अध्ययनमा वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरु सामाजिक बहिष्करणमा पर्ने गरेको, परिवारबाट अलग हुनुपरेको र समुदायबाट नै अस्वीकृतसम्म हुनुपरेको देखिएको छ । सञ्जालले ३० भन्दा बढी सदस्य संस्थाहरुमार्फत २ बर्ष लगाएर आप्रवासी महिला कामदारको अवस्थाको बारेमा अध्ययन गरेको थियो ।

सोही सञ्जालकी प्रतिनिधि वन्दना पटनायकले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आप्रवासी महिला कामदारका पक्षमा संरक्षणवादी ऐन भएपनि त्यसको सही कार्यान्वयन हुन नसक्दा आप्रवासी महिला कामदारहरु बहुप्रकृतिका हिंसामा पर्ने जारी नै रहेको बताउनु भयो । उनीहरुले गन्तव्य मुलुकमा पुरुषसरह ज्याला पाउन नसकेको, वैदेशिक रोजगारीबाट फर्किएपछि विभिन्न किसिमका हिंसामा पर्दा मनोसामाजिक समस्याबाट गुज्रिनुपरेको उहाँले बताउनु भयो । दक्षिण एशियाली मुलुकमा महिला कामदारको पक्षमा निकै राम्रा कानून बनेपनि कार्यान्वयन हुन नसक्दा कानूनले महिला अधिकारको संरक्षण गर्न नसकेको तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो ‘ दक्षिण एशियाली राज्य श्रीलंका, नेपाल, बंगलादेश लगायत देशले अस्थायी श्रम आप्रवासन व्यवस्थामा कामदार पठाउने सचेत निर्णय गरेकाले अवस्था मिश्रित छ । महिला श्रम आप्रवासनलाई पनि प्रवद्र्धन गरिएको छ । त्यसैले केही कानून बनेका छन् । केही कानून राम्रा पनि छन् । संशोधनको आवश्यकता महशुस गरिएका ऐनमा संशोधनको काम पनि भइरहेको छ ।

कानुन राम्रा छन् तर कार्यान्वयन नहुने परिदृश्य छ । कहिलेकाहीँ कानूनहरू महिलाहरूका लागि धेरै संरक्षणवादी हुन्छन् तर तिनीहरूको अधिकारको संरक्षण गर्दैनन् । अन्तमा, जब हामी आप्रवासी कामदारहरूको कुरा गर्छौं यो मुल देशका कानूनहरू मात्र होइन, आप्रवासी कामदारहरूका लागि गन्तव्य देशहरूमा राम्रो कानुन हुनु पनि अत्यन्त महत्वपूर्ण छ ।

हामी गन्तव्य देशहरूको बारेमा कुरा गर्दछौं भने आप्रवासी कामदारहरूको लागि धेरै सुरक्षात्मक छैनन् । विगत दुई वर्षमा हाम्रा साझेदारहरूले आफ्नो देश फर्केका झन्डै ५०० महिला कामदारमाथि अनुसन्धान गरेका थिए । र यो दक्षिण एशियाका चार देशहरूमा थियो । धेरै महिलाहरूले रिपोर्ट गरे, फर्किएपछि, उनीहरूले आफ्नो परिवार र समुदायबाट अस्वीकार र कलंक महसुस गरे । आफ्नो देशले पनि अर्थतन्त्रमा आफ्नो योगदानलाई मान्यता नदिँदा उनीहरू निकै चिन्तित थिए किनभने उनीहरूले आफूले कडा परिश्रम गरेको महशुस गरे। र तथ्याङ्कले देखाउँछ कि अधिकांश महिला आप्रवासी कामदारहरूले पुरुषको तुलनामा आफ्नो सबै कमाई घर फिर्ता पठाउँछन् । त्यसको बाबजुद पनि उनीहरुलाई धेरै मान्यता नपाएको महशुस भयो ।’

श्रम र प्रवासको सन्दर्भमा महिला अधिकारको क्षेत्रमा लामो समय काम गर्दै आउनुभएकी वन्दनाले बौद्धिक कामदार र घरेलु कामदारलाई गर्ने व्यवहार समान हुन नसक्दा पनि घरेलु महिला श्रमिकले बहुप्रकृतिका हिंसा व्यहोर्नुपरेको बताउनु भयो । कामको प्रकिृति र कामदार लिने प्रक्रियामा देखिएका कमजोरीका कारण पनि आप्रवासी महिला कामदारले समस्या भोग्नुपरेको उल्लेख गर्दै उहाँले गन्तव्य मुलुकमा कामदार पठाउँदा हरेक सरकारले ज्यालामा मोलमोलाई गरेर अधिकतम ज्याला र सुविधाको सुनिश्चित हुने व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभयो । महिला कमजोर भएका कारण नभई व्यवस्थामा भएको कमजोरीका कारण समस्यामा पर्ने गरेको उल्लेख गर्दै उहाँले कामदार पठाउने देशले गन्तव्य देशसँग पर्याप्त वार्ता गरेर आप्रवासी महिला कामदारका लागि सहज वातावरण श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो ‘ महिलाहरू जोखिममा छन् किनभने तिनीहरू बलियो छैनन् वा तिनीहरूमा कुनै अन्तर्निर्मित समस्याहरू छन् भन्ने म मान्दिन । व्यवस्थागत र विधायकि कारणले गर्दा महिलाहरूले समस्या भोगिरहेका छन् । खासगरी मुल देशको सरकारले गन्तव्य देशसँग वार्ता गर्न सकेको छैन । उनीहरुसँग गन्तव्यका देशहरूसँग धेरै बार्गेनिङ पावर छ जस्तो लाग्दैन । सहकार्य र समन्वय पनि निकै कम छ । यो एक प्रतिष्पर्धा जस्तो देखिन्छ ।

मानौं एउटा देशले हाम्रा कामदारले ३ सय डलर पाउनुपर्छ भन्यो भने अर्को देशले १ सय ५० मा का गर्न पठाउँछु भन्छ । सरकारले भर्ना प्रणाली बनाएको छ । भर्ना प्रणालीमा सुधारको खाँचो छ । श्रमिकप्रति बढी जवाफदेही हुनुपर्छ । सुरक्षित आप्रवास सूचना उत्पादनमा धेरै काम भइरहेको छ । तुलनात्मक रूपमा महिलाहरु बढी जानकारी लिएर जाँदैछन् । तर यदि मसँग जानकारी छ भने यसको मतलव मसँग त्यसमा कार्य गर्ने शक्ति छ भन्ने होइन । कहिलेकाहीँ प्रणालीले काम गर्नबाट रोक्छ । कार्यस्थलमा अधिकारको संरक्षण हुनुपर्छ । त्यसकारण, मुल देशका सरकारहरूसँग गन्तव्यका देशहरूसँग बलियो बार्गेनिङ पावर हुनुपर्छ ।’

उहाँले उहाँले आप्रवासी महिला कामदारलाई श्रमका लागि गन्तव्य मुलुकमा र फर्किएपछि स्वदेशमा अर्थतन्त्रमा पु¥याएको योगदानको सम्मान गर्ने वातावरण श्रृजना गर्न रुपान्तरित दृष्टिकोण आवश्यक पर्ने बताउनु भयो । देखिएका समस्यालाई समाधान गरी आप्रवासी महिला कामदारलाई स्वदेश र गन्तव्य मुलुकमा सम्मानजनक जीवन जिउने अवस्था श्रृजना गराउने सवालमा मिडियाको पनि महत्वपूर्ण भुमिका हुने भन्दै उहाँले सबैले आ आफ्नो क्षेत्रबाट सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो ‘हामी पितृसत्तात्मक समाजमा बाँचिरहेका छौं । महिलाहरूप्रति हाम्रो दृष्टिकोण अलि शंकास्पद छ । मिडियाकर्मीहरूका लागि चुनौति भनेको उनीहरूका कथा कसरी सुनाउने र समस्याहरूको बारेमा कुरा गर्ने भन्ने सँगै महिलाहरूको शक्तिको बारेमा पनि कुरा गर्नु हो । मिडियाले बुद्धिमतापूर्वक महिलाका समस्या, समाधान र शक्ति एकिकृत रुपमा पस्कन सक्नुपर्छ । यसले महिलाप्रतिको समाजको पाखण्डी मूल्य मान्यताको पर्दाफास गर्नेछ ।

मिडियामार्फत महिलाको बलियो छविसँगै अर्थतन्त्रमा पुराएको योगदानको चर्चा गर्ने हो भने आप्रवासी महिलाप्रतिको दृष्टिकोणलाई परिवर्तन गराउन सकिन्छ । म महिलाहरूको शक्ति देखेर छक्क परेको छु । कम पारिश्रमिकमा काम गर्ने महिला आप्रवासी कामदारहरूले सामना गर्ने सबै समस्याहरूको बावजुद पनि उनीहरूले ठूलो बल देखाएका छन् । र, फर्किएपछि दक्षिण एशियाली राज्यहरूमा पनि साना समूहहरू बनाउँदैछन् । नेपालमा श्रमजीवी महिला सञ्जाल बनेको छ । फर्किएका प्रवासी महिला श्रमिकहरुको समूहले अधिकारको वकालत गरिरहेका छन् ।

त्यसैले म भन्छु यदी हामीले हाम्रा प्रयासहरू जारी राख्यौं, समस्या र अवसरहरू प्रतिबिम्वित ग¥यौं, विश्लेषण गरी अगाडि बढ्यौ भने आप्रवासी महिलालाई हेर्ने दृष्टिकोण सोच र व्यवहारमा परिवर्तन हुनेछ ।’ उहाँले सबै चुनौतीहरूको बाबजुद प्रवासी महिला कामदारको संगठन बलियो बनाउँदै व्यापक जनचेतना र दबाब श्रृजना गरी सरकारहरुलाई जिम्मेवार बनाउँदै लगेमा आप्रवासी महिला कामदारका लागि गन्तव्य र कामदार पठाउने दुवै राष्ट्रमा सम्मानयुक्त वातावरण श्रृजना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।