२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस छियाछिया भयो, पुन: जीवन दिनुपर्ने खाँचो छ: नेता कोईराला



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेस पुन: जीवन दिनपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आईतवार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुन: जीवन दिनुपर्ने खाँचो रहेको बताउनु भयो । नेता कोईरालाले काँग्रेसलाई बचाउनको लागि सुवेक्षुक संस्थाहरुले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुन: जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ । पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई की उ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएँछ फेरि हरियो भएर जान्छ । त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ । यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा नेपाली काँग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’

नेता कोईरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले संविधानमाथि धेरै प्राहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्ने बताउनु भयो ।




भर्खरै