२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाले ल्यायो २५ अर्ब ५४ करोड रुपैयाँको बजेट (पूर्णपाठ)



file photo
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष (२०८०/८१ ) का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार नगरसभाको बैठकमा बजेट प्रस्तुत गर्दै कामपाका उपमेयर सुनीता डंगोलले चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको बताएकी हुन् ।

कामपाले चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याएको छ । महानगरको बजेटमा सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

उपमेयर डंगोलको अनुसार संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुनेछ ।

यस्तै कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ ।त्यसैगरी, महानगरले वडाबाट प्राप्त योजनालाई प्राथमिकतामा राखी त्यसका लागि १ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कामपाले सबैभन्दा धेरै शिक्षामा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ भने स्वास्थ्य क्षेत्रका लागि ९२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

काठमाडौं-महानगरको-बजेट