२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाले ल्यायो २५ अर्ब ५४ करोड रुपैयाँको बजेट (पूर्णपाठ)



file photo
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष (२०८०/८१ ) का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार नगरसभाको बैठकमा बजेट प्रस्तुत गर्दै कामपाका उपमेयर सुनीता डंगोलले चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको बताएकी हुन् ।

कामपाले चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याएको छ । महानगरको बजेटमा सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

उपमेयर डंगोलको अनुसार संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुनेछ ।

यस्तै कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ ।त्यसैगरी, महानगरले वडाबाट प्राप्त योजनालाई प्राथमिकतामा राखी त्यसका लागि १ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कामपाले सबैभन्दा धेरै शिक्षामा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ भने स्वास्थ्य क्षेत्रका लागि ९२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/06/काठमाडौं-महानगरको-बजेट.pdf”]