२० मंसिर २०८२, शनिबार
,
Latest
चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावेले वेस्ट इन्डिजलाई हरायो



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ ।

जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा शनिबार भएको खेलमा घरेलु टोली जिम्बावेले वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको हो । योसँगै समूह ‘ए’ बाट घरेलु टाली जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्डस् प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन् । सोही समूहमा रहेका नेपाल र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

घरेलु टोली जिम्वावेले वेस्टइन्डिजलाई जितका लागि दुई सय ६९ रनको चुनौती दिएको थियो । जवाफमा वेस्ट इन्डिज ४४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३३ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि कायल मयरर्सले सर्वाधिक ५६ रन बनाए भने रोस्टोन चसेले ४४ रन बनाए । त्यस्तै कप्तान साइ होपले ३० रन बनाउँदा निकोलस पुरनले ३४ रन बनाए । ब्रेन्डन किङ्गले २० तथा जेसन होल्डर १९ रनमा आउट भए ।

जिम्बावेका तीव्रगतिका बलर टेन्डाइ चताराले सर्वाधिक तीन विकेट लिए भने सिकन्दर राजा, ब्लेसिङ मुर्जाबानी र रिचर्ड नगारावाले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६८ रन बनाएको थियो । जिम्बावेका लागि सिकन्दर राजजाले ५८ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाएका थिए । यसैगरी रायन बर्लले ५० रन जोडे भने क्रेग इर्विनले ४७ तथा सन विलियम्सले २३ रन बनाए ।

वेस्टइन्डिजका किमो पलले तीन विकेट लिए भने अल्जारी जोसेफ र अकिल हुसैनले समान दुई–दुई विकेट लिए । अब जिम्बावेले समूह चरणको आफ्नो अन्तिम खेल सोमबार अमेरिकासँग खेल्नेछ । त्यस्तै वेस्टइन्डिजले सोमबार नै नेदरल्यान्डस्सँग खेल्नेछ ।