३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अनि जन्मियो जनकपुरमा साहको ‘मिथिला थाली’

अनि जन्मियो जनकपुरमा साहको ‘मिथिला थाली’
अ+ अ-

जनकपुरधाम । करिब पाँच महिनाअघि ‘मास्टर सेफ’ उपमाले परिचित सन्तोष साह बेलायती साथीलाई लिएर जनकपुरधाम आउनुभएको थियो । आफ्नो जन्मथलो जनकपुरधामको परिवेशबारे बेलायती साथीलाई साक्षात्कार गराउनु साहको उद्देश्य थियो ।

‘मिथिला थाली’बाटै बिबिसीको ‘मास्टर सेफ’ उपविजेता बन्नुभएका साहको उद्देश्य मिथिलाञ्चलको ऐतिहासिक राजधानीको सांस्कृतिक एवं ऐतिहासिक गौरवसँग जोडिएका विविध पक्षबारे साथीहरूलाई दिनुका साथै स्थानीय परिकारको स्वाद चखाउनु पनि थियो । तर त्यति धेरै प्रयास गर्दा पनि खोजे र रोजेजस्तो परिकार खुवाउन नपाएकोमा साहलाई अझै पनि पछुतो छ ।

त्यसको केही समयपछि जनकपुरका स्थानीय परिकारको प्रचार गर्ने उद्देश्यसहित अर्कोपटक जनकपुर आउने कार्यक्रम त बन्यो तर खोजे र रोजेजस्तो खाना खान नपाउने समस्या फेरि दोहोरिने भयो । त्यसैले उहाँले साथीकै रेस्टुराँमा खाना खाने निधो त गर्नुभयो । तर दुई घण्टा कुर्दा पनि ताजा खाना खान पाउनुभएन ।

त्यसपछि मात्रै जनकपुरधाममा ‘मिथिला थाली’ रेष्टुराँ सञ्चालन गर्ने योजना जन्मिएको साहको भनाइ छ । “म यही माटोमा जन्मिएँ, हुर्किएँ र यहीँको परिवारले ख्याति पनि कमाएँ”, उहाँले भन्नुभयो, “यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच त थियो तर यति चाँडै गरौँला भन्ने तयारी थिएन ।” ती दुई अनुभवबाट प्राप्त सिकाइले जनकपुरमा मिथिला थाली जन्मिएको उहाँको भनाइ छ ।

‘मिथिला थाली व्यापारमात्रै होइन’

मिथिला थाली सञ्चालन गर्ने भएपछि त्यसको सम्भावना, मौलिक परिकारका लागि आवश्यक कच्चा पदार्थको उपलब्धता बुझ्न साहलाई गाउँ पस्नुपर्‍यो । जसमा साहलाई दाई दिलीपकुमारले सहयोग गर्नुभयो । तर गाउँमा भने जस्तो सामान पाउन भने गाह्रो भयो ।

“युवाहरू वैदेशिक रोजगारीमा गएपछि पहिले जस्तो खेती नहु्ने रहेछ । उत्पादन कम हुन थालेपछि खोजेको जस्तो सामान भेट्न गाह्रो भयो”, उहाँले भन्नुभयो । साहले चार महिनामा गाउँबाट करिब चार सय केजी ‘बिर्या’ जम्मा गर्नुभयो । बेथेको सागबाट बन्ने एक केजी बिर्याका लागि करिब १० केजी साग आवश्यक पर्छ । अग्रिम भुक्तानी गरेर सङ्कलन गरेको चार सय केजी बिर्याले मुस्किलले एक महिनामात्रै पुग्ने साहले बताउनुभयो ।

त्यसैगरी पाँच सय केजी आँपको अचार, तिलौरी ९चामलको कनिकाबाट बन्ने० र एउटा मिथिला थालीमा राखिने १५ देखि १७ प्रकारका परिकारका लागि आवश्यक सामग्री स्थानीय बजार र गाउँघरबाट ल्याइएको उहाँको भनाइ छ । साहले नेपाली खानाको मौलिकता र विविधतालाई संरक्षण गर्ने, गृहिणीलाई उत्पादनसँग जोडेर एक रुपैयाँमात्रै भए पनि घर–घरसम्म पुर्‍याउने सपनासहित मिथिला थालीमार्फत परिकारको प्रवर्द्र्धनमा जुटेको बताउनुभयो ।

सन् १९९९ मा भारत प्रवेश गरेदेखि बेलायतमा रहँदासम्म विभिन्न जातजातिका मौलिक नेपाली परिकार बनाउन सिक्नुभएका साहले मिथिला परिकार सिक्न थालेको भने पाँच वर्षमात्रै भएको राससलाई सुनाउनुभयो । “चौध वर्ष इन्डियामा काम गरँे । त्यसपछिका १३ वर्ष लन्डनमा बिताए । म भारतीय खानको सेफ भए पनि यसबीच थकाली, नेवारी, थारूदेखि धेरै नेपाली खानाका परिकारबारे पढेँ र जान्ने मौका पाएँ”, उहाँले भन्नुभयो ।

जीविका चलाउनका लागि अनेकन परिवार बनाए पनि बिबिसीबाट प्रसारित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा उपविजेता भने ‘मिथिला थाली’ले नै बनाएको उहाँको भनाइ छ । “त्यसैले यो संस्कृति जोगाउने दायित्व मेरो पनि हो भन्ने म ठान्छु, सोही आधारमा म अगाडि बढेको हुँ ।”

उहाँ उपविजेता बनेपछि विश्वमा मैथिली परिकारबारे चर्चा भए पनि नेपालमा भने मिथिला क्षेत्रका मौलिक परिकार लोपोन्मुख अवस्थामा भएको उहाँको अनुभव छ । नयाँ पुस्ताले मिथिलाका परिकारको स्वाद लिन नपाउनेमात्रै होइन, तिनको अस्तित्व नै हराउने डरले पनि मिथिला थाली खोल्न उद्वेलित गरेको साहको भनाइ छ ।

लक्ष्यः पाँच वर्षमा एक सय ‘मिथिला थाली’

भारतमा नौ सय भारु तलबबाट जागिरे जीवन सुरु गर्नुभएका साहसँग यतिबेला नाम र दाम दुवै छ । उहाँलाई नामले मात्रै लाखौँ कमाउने अवसर छ । तर उहाँ त्यतिमै मात्र सीमित हुन चाहनुहुन्न ।

“जागिरबाट कर्जन्हाबाट वैदेशिक रोजगारीमा जाने युवाले के पाउँछन् रु, पाँच वर्षको उमेरमा बुवा गुमाएर सात सन्तान हुर्काउन एकल आमाले के पाउँछन् रु”, उहाँले भन्नुभयो, “मलाई यी प्रश्नले घोच्यो र उत्तरका रुपमा मिथिला थाली जन्मियो ।”

साहसँग पाँच वर्षभित्र नेपाल र विश्वका विभिन्न एक सय स्थानमा मिथिला थाली पुर्‍याउने लक्ष्य छ । उहाँको यो लक्ष्यमा हिमालयन ग्लोबल इन्भेस्टमेन्ट कम्पनी जोडिएको छ ।

“यो व्यापारमात्रै होइन, अभियान पनि हो । यसको सफलतासँगै प्रत्यक्षरूपमा तीनदेखि चार सयले रोजगारी पाउँछन्”, उहाँले भन्नुभयो, “ती रेस्टुराँमा एकल महिलाले काम गर्नेछन् । उत्पादनसँग जोडिने भएपछि सयाँै गृहिणी तथा किसान पनि लाभान्वित हुनेछन् ।” प्रत्येक मिथिला थालीमा रु एकदेखि तीनसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरूमा खर्च गरिने उहाँको भनाइ छ ।
गत असार ६ गते आमाको हातबाट उद्घाटन गरिएको मिथिला थालीमा करिब रु दुई करोड लगानी भएको छ । त्यसयता थालीप्रतिको मानिसहरुको आकर्षणले साहलाई थप हौसला मिलेको छ । साथै उहाँको पञ्चवर्षीय योजना सफल हुनेमा विश्वास बढेको छ ।

‘कोसिस गर्नेहरुको हार हुँदैन’

सिरहाको कर्जन्हा नगरपालिका–९ सूर्यानी टोलमा जन्मनुभएका साहले पाँच वर्षको उमेरमा बुवा गुमाउनुभयो । त्यसपछि आमा एक्लैले आफूसहित सात सन्तान हुर्काउँदाको सङ्घर्ष साहले नजिकबाट बुझ्नुभएको छ । एकल महिलाका रुपमा आमाले खानेकुराको जोहो र चुल्होमा खाना पकाउन गरेको मेहनत साहले अनुभव गर्नुभएको छ । त्यही सङ्घर्षले खारिएकै कारणले आफू यहाँसम्म आइपुगेको उहाँको भनाइ छ ।

“सानैदेखि स्थानीय अन्नका परिकारसँग निकट हुन पुगेँ । जीविका चलाउन आमासँगै हटियामा पाउरोटी बेच्ने सङ्घर्षसँगै आज खाए भोलि पुग्ला कि नपुग्ला भन्ने अवस्थाले नि धेरै कुरा सिकायो”, उहाँले भन्नुभयो, “पारिवारिक अवस्था, स्थानीय परिवेश, कला, संस्कृतिको प्रभाव ममाथि पर्‍यो ।”

अभावै अभावका बीच कक्षा १० सम्म पुगेपनि साहले फलामे ढोका एसएलसी भनेपास गर्न सक्नुभएन । त्यसपछि अध्ययन छाडी १५ वर्षको उमेरै उहाँ कर्जन्हाबाट भारत जानुभएको थियो ।

“एसएलसीमा अनुत्तीर्ण भएँ । अर्को परीक्षा कुर्नुभन्दा पैसा कमाउनुपर्छ भन्ने लागेपछि गाउँकै केही साथीहरुसँग भारत गएँ”, उहाँले भन्नुभयो, “अरु सीप नभएपछि रेष्टुराँमा भाँडा माझ्न सुरु गरेँ ।”

एसएलसी पास गर्न नसके पनि कामबाटै धेरै कुरा सिक्ने मौका पाएँ । होटलमा काम गर्दै गर्दा होटल म्यानेजमेन्ट कोर्ष पनि पढेँ । त्यही कोर्षले जागिरे जीवनको कोर्ष नै बदल्न सहयोग गर्यो । पछि कुक हुँदै सात वर्षमा पाचँतारे होटलको ‘एक्ज्युकेटिभ सेफ’ पनि भएँ ।”

साह एसएलसीमा अङ्ग्रेजी विषयमा फेल हुनुभएको थियो । त्यतिबेला त्यसो नभएको भए सायद साहको जीवनको बाटो नै अर्को हुन्थ्यो होला । भनिन्छ, कोसिस गर्नेहरूको हार कहिल्यै हुँदैन । साहले पनि त्यही गर्नुभयो जसले आजको ठाउँमा पुर्‍यायो ।

“सङ्घर्ष नै सफलताको आधार हो । मेरो सङ्घर्षले आज सफलताको नजिक पुर्‍याएको छ । अब मबाट अरु कति खुसी हुन्छन् भन्ने कुराले सफलताको मापन हुनेछ । म जुन विषयमा अनुत्तीर्ण भएर गाउँ छाड्न बाध्य भएको थिएँ, संयोग नै मान्नुपर्छ आज त्यही कक्षा, त्यही विषयको पाठ्यक्रममा मेरो बारेमा पढाइ हुन थालेको छ”, उहाँले भन्नुभयो ।

आम युवालाई उहाँको सुझाव छ( एउटा बाटो छेकिँदैमा जीवनको गति रोक्नु हुँदैन । अर्को बाटो निर्माण गर्न लाग्नुपर्छ, एक दिन अवश्य सफल भइन्छ । रासस