६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधवलक्षित झलनाथको कटाक्षः दुई जना मन्त्री बनाएर पार्टी बन्दैन



fille
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै यस्तो बताउनुभएको हो । उहाँले पार्टी बनाउनका लागि श्रमीक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी रहेको बताउनु भयो । उहाँले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरबिरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले जनतालाई दलाल पुँजीवादका बिरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रा वैचारिक, सैद्धान्तिक दिशाहरुलाई क्लियर कट बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरबिरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले व्यापक जनतालाई दलाल पुँजीवादका बिरुद्ध गोलबन्द गराउनुपर्छ । उनीहरुलाई संघर्षमा उतार्ने काममा हाम्रो पार्टी लाग्नुपर्छ । दुई जना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन । दुई जना मन्त्री बनायौँ । कार्यनीतिक रुपमा, त्यो आवश्यक छ होला तर हाम्रो पार्टीले गर्नुपर्ने भनेको ती श्रमीक जनतासँग एकतावद्ध गर्ने हो ।’

उहाँले नेकपा एकीकृत समाजवादी) को महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गर्नुभयो । उहाँले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मा ठूलो असन्तुष्टि रहेको बताउन भयो । उहाँले नेपाली समाजमा संकट नै संकटको श्रृंखला रहेको बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरु ल्याउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले पहिलो महाधिवेशन पनि गरेका छैनौँ नि पार्टीको । पार्टी बनाउँदै लैजाने, त्यसैले अहिले पनि यो निमित्त पार्टी हो । महाधिवेशनमार्फत निर्वाचित पार्टी बनाइसकेका छैनौँ । महाधिवेशनमार्फत जब निर्वाचित संस्था बनाउँछौँ । हाम्रा विचार पनि त्यही अनुसार संस्थागत हुन्छन् । हामी पार्टी निर्माणको चरणमा छौँ ।

यो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको एटम बन्नुपर्छ । अहिले एमालेभित्र व्याप्त असन्तुष्टि छ । देशव्यापी रुपमा । त्यो नेतृत्वले नेतृत्व लिन सकिरहेको छैन । त्यस्तै माओवादीभित्र छ । अहिले मोर्चा भएको हुनाले धेरै आलोचना गर्दिन । नेपाली समाजमा संकट नै संकटको श्रृंखला छ, राजनीतिक संकट, दिशाहीनता, खिचडी सरकार बनाएर जान बाध्य छौँ । न क्रान्तिकारी कार्यक्रम बनाउन सक्छौँ, त्यो सरकारमा । राजनीतिक दिशा कता जाने अन्योल देखिएको छ । आर्थिक क्षमता कमजोर बन्दैछ ।’

पूर्वप्रधानमन्त्री खनालले सामन्तवादका अवशेषहरु समाजमा व्याप्त रहेको बताउनु भयो ।