६ पुष २०८२, आईतवार
,
Latest
गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतको जस्तो मल अभाव हुने अवस्था छैन– प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतको जस्तो मल अभाव हुने अवस्था नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मलको अभावबारे सोधेको प्रश्नको जवाफमा उहाँले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गगर्नुभयो ।

यो वर्ष धान बालीका लागि मल अभाव नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको जिकिर गर्नुभयो । उहाँले ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको जानकारी दिनुभयो । यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने उहाँको जवाफ थियो ।