१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका तीनको मृत्यु, एक वेपत्ता



अ+ अ-

काठमाडौँ । ओखलढुंगामामा पहिरोमा परी एकै परिवारका तीनको मृत्यु भएक बेपत्ता भएका छन् । मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–८ विलन्दुमाका रणबहादुर गुरूङको परिवार रहेको छ।

गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ, र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको छ भने १० वर्षका छोरा दिनेश गुरूङ बेपत्ता भएको वडाध्यक्ष खड्ग बरालले जानकारी दिनुभयो ।

पहिरो दुई सय मिटरमाथिबाट खसेको थियो । पहिराले बलबहादुर गुरूङ र जहरसिंह गुरूङको घरमा पनि क्षति पुर्‍याएको छ।