२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले सांसदको जवाफ दिने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको छ । आज विहान ११ बजे बैठकमा विभिन्न सांसदहरुले समसामयिक विषयमा सरकारसँग सोध्न चाहेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुहुनेछ ।

प्रधानमन्त्री दाहालले यसअघि गत महिना पनि सांसदहरुसँग सवाल जवाफ गर्नुभएको थियो । प्रश्नोत्तरका लागि हरेक समूहका १५ जना सदस्य रहनेगरी १७ समूह विभाजन गरिएको छ ।

साथै आजको बैठकमा बिनियोजन विधेयक २०८० माथिको विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहनेछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शीर्षकमा बिनियोजित बजेटमाथि छलफल हुनेछ ।