२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भर्खरै सम्पन्न खेलमा नेपाल १०१ रनले पराजित भएको हो ।

३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा अलआउट हुँदै २३८ रनमात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन जोड्दा, रोहित पौडेलले ४३ बलमा ३०, आशिफ शेखले ३६ बलमा २८, करण केसीले २७ बलमा २८, दिपेन्द्र सिंह ऐरीले २० बलमा २३ रन जोडे । यस्तै, कुशल भुर्तेल ६ बलमा ५, भीम सार्की ७ बलमा २, कुशल मल्ल ६ बलमा २ रन तथा सन्दीप लामिछाने ४ बलमा १ रनमा आउट भए ।

बलिङतर्फ वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ विकेट लिए भने अल्जारी जोसेफ, किमो पल र अकिल हुसेनले २–२ विकेट लिँदा कायली मेयर्सले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रनको योगफल बनायो । वेस्ट इन्डिजका कप्तान होपले सर्वाधिक १३२ रनको योगदान दिए । उनले १२९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै १३२ रनको योगदान दिएका हुन् ।

त्यस्तै निकोलस पुरनले ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित ११५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले २१६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो ।

जारी छनोट प्रतियोगितामा १० टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्ट इन्डिज तथा समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, युनाइटेड अरब इमिरेटस् (युएई) र स्कटल्यान्ड रहेका छन् ।

दुवै समूहबाट शीर्ष तीन/तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आयोजना हुने विश्वकप क्रिकेटका लागि स्थान बनाउने छन् ।