६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कुवेतसँग पराजित



अ+ अ-

काठमाडौँ । नेपालले साफ च्याम्पियनसिप फुटबल–२०२३ को हारबाट सुरुवात गरेको छ । भारतको बैंगलोरस्थित श्री कान्तिरभा रंगशालामा भएको उद्घाटन खेलमा नेपाल ३–१ गोलले पराजित भएको हो ।

कुवेतको जितमा खलिद हजिया, सबाइब अलखादी र मोहम्मद अबदुल्लाहले गोल गरे । नेपालका अन्जन विस्टले एक गोल फर्काए । खेलको २३ औं मिनेटमा हजियाले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गरेका हुन्

यस्तै, ४१ औं मिनेटमा अलखादीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे । नेपालका डिफेन्डर बिमल पाण्डेलाई डी–बक्सभित्र बीट गर्दै उनले सुन्दर गोल गरे ।

६५ औं मिनेटमा अबदुल्लाहले गोल गर्दै कुवेतलाई ३–० ले अघि बढाए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । क्रस आएको बलले नेपालका अनन्त तामाङलाई हातमा लागेपछि कुवेतले पेनाल्टी पाएको थियो ।

यता, ६८ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई १–३ को अवस्थामा ल्याए । अन्जनको यो नेपालका लागि १२ औं गोल हो । समूह ‘ए’मा रहेको नेपालले अब २४ जुन आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारत र २७ जुनमा पाकिस्तानसँग खेल्नेछ ।

नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान रहेका छन् । त्यस्तै समूह ‘बी’मा लेवनान, बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ४ जुलाईमा हुनेछ ।