१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ: सचेतक बर्तौला



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताउनुभएको छ ।

बुधवार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने बताउनुभएको हो ।

उहाँले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताउनु भयो । यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरबिरोध, असमझदारी र अविश्वासले ढल्ने बताउनु भयो । उहाँले एमालेले प्रतिपक्ष दलहरुको मोर्चा नबनाउने पनि स्पष्ट पार्नुभयो । बर्तौलाले एमालेले आफ्नै सामथ्र्य र जनताको आदेशका आधारमा संसदमा भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको बताउनु भयो । समाजवादी मोर्चा बनाउनुले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पुर्‍याउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेकपा(एमाले)ले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामथ्र्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भुमिका निर्वाह गरिरहेको छ । नागरिकहरुको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हीतको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदी नेकपा(एमाले)ले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ ।’

‘यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो । भोलिपल्ट, अर्को एक दिनको लागि हो । कतिखेर यो सरकार ढल्ने , एमालेको कारणले, एमालेको प्रयत्नले होइन । उहाँहरु बिचको अन्तरबिरोध, असमझदारी छ, जुनखालको अविश्वास छ, त्यसको कारणले गर्दापनि यो सरकार लामो समय टिक्दैन भन्ने तथ्यले प्रमाणित गरिसकेको छ । यदी यसो हुँदैन थियो भने स्वयं यो सरकारको प्रधानमन्त्रीले सरकारभित्र बसेर अर्को मोर्चाबन्दी र अर्को गुट निर्माण गर्नुपर्ने कुनै जरुरी थियो ? किन गर्नुभयो भन्दा उहाँहरुको आयु, उहाँहरुको पद जतिखेर पनि धरापमा छ । त्रासमा हुनुहुन्छ । त्रासका कारणले अनेकौँ खालका गुट निर्माण गरेर हिँडिरहनुभएको छ । यसले देशलाई अन्योलतातर्फ, अस्थिरतातर्फ लानलाई मद्दत पुर्‍याउँछ । राजनीतिक असमझदारी, राजनीतिक अन्यौलता सिर्जना गर्न यसले भुमिका निर्वाह गरेको छ ।’

उहाँले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताउनु भयो । यसले देश र जनताको हीतमा काम नगर्ने टिप्पणी गर्नुभयो । उहाँले मोर्चामा आवद्ध दलहरु बीचको प्रेम ‘गैँडाको प्रेम चटाइ’ भएको टिप्पणी गर्नुभयो ।उहाँले भन्नुभयो – ‘उहाँहरुको गठबन्धनको सरकार छ । गठबन्धन आफैँमा एउटा मोर्चा बनाएर उहाँहरु हिँडिरहनुभएको छ । त्यो मोर्चाभित्र पनि अर्को एउटा गुट निर्माण गर्नुभयो । यसले के देखाउँछ भने प्रचण्ड प्रत्येक दिन काँग्रेससँग तर्सेर बसिरहनुभएको छ । काँग्रेससँग तर्सेको, एमालेसँग डराएको र स्वार्थहरुले भरिपूर्ण भएको उहाँहरुको यो केन्द्र हो ।’

‘यसको जनताको हीतसँग, राष्ट्रको हीतसँग सम्बन्ध रहन्छ भन्ने मलाई लाग्दैन । मोर्चाका पार्टीहरुको आ–आफ्ना एजेण्डा छ । संविधानकै कार्यान्वयनकै बारेमा पनि फरक फरक दृष्टिकोण र मान्यता रहेका छन् । त्यस आधारमा उहाँहरुले भुमिका पनि गरिरहनुभएको छ । यो उहाँहरु बीचमा गैडाको प्रेम चटाइ हो । गैँडाले प्रेम गरेर चाट्दा जिउको छाला जान्छ । त्यो चटाइको कुनै अर्थ छैन । यो कुनै संसदको समग्र प्रक्रियालाई बलियो बनाउन, सरकारको नियमित काम, गतिबिधि, क्रियाकलापहरुलाई देश र जनताको हितको पक्षमा उभिएर अगाडी बढाउन यो मोर्चाबन्दी गरिएको छैन । स्वार्थलाई केन्द्रमा राखेर, पद, प्रतिष्ठाभन्दा बाहिर उहाँहरुको अभिष्ट छैन ।’

सचेतक बर्तौलाले प्रदेश सभाले पारित गरेर नामाकरण गरिएको प्रदेशको नामलाई संघीय सरकारको दस्ताबेजमा अस्वीकार गर्नु गम्भिर विषय भएको बताउनु भयो । उहाँले पर्यटनमन्त्रीले दुषित नियतका साथ मन्त्रालयको बजेट वक्तव्यमा कोशी प्रदेशको नाम समावेश नगरेको बताउनु भयो । उहाँले पर्यटनमन्त्रीले अघोषित रुपमा पहिचानवादी आन्दोलनकारीहरुलाई समर्थन छ भन्ने सन्देश दिनुभएको बताउनु भयो । उहाँले मन्त्री पदबाट राजीनामा दिएर पहिचानवादीहरुलाई समर्थन गर्न आग्रह गर्नुभयो ।